शिशुको रेखदेख गर्न बसेकी नर्सले १८ दिनको बच्चाको लिंग नै काटी दिएपछि

२०७५ माघ १२, शनिबार १२:४८ गते २०७५ माघ १२, शनिबार १२:४८ गते २०७५ माघ १२, शनिबार १२:४८ गते

अमेरिका : अमेरिकामा बालकको रेखदेख गरिरहेकी एक नर्सले १८ दिन पुगेको बालकको लिंग काटेको मुद्दामा अदालतले सुनुवाई गरेको छ।

लाइफ साइकिल पेडियाट्रिक्स अस्पताल रिवरडेलमा नर्स मेलिसा जोन्स उक्त बालकको रेखदेख गरिरहेकी थिइन्। रेखदेख गरिरहदा दुर्घटनावश बालकको लिंग नै काटियो।रिपोर्टका अनुसार बालकको आपातकालीन शल्यक्रिया गरेर बालकको लिंग अस्पतालले नजोडी लिंग फ्रिजमा राखेको थियो। बालकलाई घर पठाउदा उपचार नगरी बालकको लिंगबाट रगत चुहिरहेको अवस्थामानै पठाइएको थियो।

बालकको आमाले छोराको अवस्था बारेमा कुरा गर्दा अस्पतालले सम्झाएर घर पठाइदिएको थियो।

जर्जियामा भएको यस घटनाको फैसला सुनाउँदै बालकलाई २४ मिलियन पाउण्ड मुआवजा दिनको लागि अदालतले आदेश दिएको छ।बालकले कुनै रुकावट पिसाव गर्न सकोस भनेर सर्जरी गरिएको थियो। अहिले अस्पतालले बालकको विषयमा अन्य अनुसन्धान पनि गरिरहेको छ।

प्राप्त जानकारी अनुसार पिडित बालक अहिले ४ वर्ष पुगिसकेका छन्। एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *