डोल्पा । शे–फोक्सुण्डो गाँउपालिका ४ को राहाप गुम्बाबाट आठ वर्षअघि प्राचीन बौद्ध मूर्ति र स्तुपाको तस्करी भयो ।
गुम्बाबाट ३८ थान बुद्धका मूर्ति र स्तुपाहरूको तस्करी गर्नेलाई प्रहरीले खोजी जारी नै राखेपिछ त्यसमा संलग्न ४ जनालाई काठमाडौंबाट पक्राय गर्याे ।
सोही घटनामा उपल्लो डोल्पाको डोल्पोबुद्ध गाँउपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ पनि संलग्न भएको सार्वजनीक भएको हो ।
प्रहरी अनुसन्धानबाट गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्न रहेको पाइएको हो ।
मुर्ति चोरीमा उपाध्यक्ष गुरुङ मुख्य नाइके भएको जिप्रका डोल्पाले बताएको छ ।
गुरुङले मुख्य योजनाकारको स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुअघि देखि नै मूर्ति तस्करी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो।
प्रहरीले हालै मूर्ति चोरीमा संलग्नलाई एकपछि अर्को गर्दै पक्राउ गर्न थालेपछि गुरुङ नेपाल छाडेर भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ ।
Views: 0