रवि लामिछानेसँग ‘कोर्ट म्यारिज’ गरेकी निकिता पौडेललाई ९ प्रश्न,हेर्नुहोस उनको उत्तर सहित

२०७५ माघ १२, शनिबार १५:२३ गते २०७५ माघ १२, शनिबार १५:२३ गते २०७५ माघ १२, शनिबार १५:२३ गते

काठमाडौँ । सोमबार सञ्चारकर्मी रवि लामिछानेले चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग ‘कोर्ट म्यारिज’ गरेका छन् । केही समयअघि श्रीमती इशा श्रेष्ठलाई डिभोर्स दिएका रविले डिभोर्सी पौडेलसँग कानूनीरुपमा विवाह गरेका हुन् ।

बाहिर व्यापक हल्ला चलेपछि पारिवारिक सहमतिका आधारमा रविले निकितासँग विवाह गरेको बताएका छन् । यसैसन्दर्भमा साप्ताहिकले निकिता पौडेलसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

रवि लामिछानेसँग कहिलेदेखि प्रेममा पर्नुभयो ?
हाम्रो चिनजान भएको करिब ९ महिना पुग्यो तर विवाह गर्ने निर्णयमा पुगेको चाँहि त्यस्तै ३ महिनाजति भयो ।

विवाह गर्ने निर्णयमा कसरी पुग्नुभयो ?
हामी दुवै जनालाई राम्रोसँग चिन्ने एक जना दाई हुुनुहुन्थ्यो । उहाँलाई हाम्रो व्यक्तिगत जीवनका बारेमा राम्रो जानकारी थियो । त्यसपछि उहाँले हामी दुई जनाले विवाह गर्दा राम्रो हुन्छ भन्नुभयो । त्यसपछि हामीले एक–अर्काको परिवारसँग सल्लाह गर्यौं अनि परिवारको सहमतिमै अहिलेको लागि कोर्ट म्यारिज गर्यौं ।
तपाईलाई रविको कस्तो बानीले लोभ्यायो ?
मलाई रविजीको केयरिङ एकदमै मन पर्छ भने सरल स्वभाव अनि अन्डरस्ट्यान्डिङ जस्ता कुराले मेरो मन जित्यो ।

तपाईको पारपाचुके भएको चाँहि कति भयो ?
म श्रीमानसँग छुट्टिएर बसेको त करिब ७–८ वर्ष भैसकेको थियो, तर, मैले २ वर्षअघि मात्र डिभोर्स फाइल गरेको थिएँ । त्यसको प्रोसेसिङ एकदमै लामो हुँदो रहेछ । हामीले ९ महिनाअघि मात्र सहमतिमा डिभोर्स गरेका हौं ।
सन्तान पनि छन् होला नि ?
एउटी छोरी छिन् । उनी अहिले १० वर्षकी भइन् ।
अबको सम्बन्धलाई मजबुत बनाउन कस्तो प्रतिबद्धता गर्नुभएको छ ?
रविजीको पनि पर्सनल लाइफ पहिलेदेखि डिस्टर्ब छ । त्यसैले अब हामीले एक–अर्कालाई बुझ्ने, आफ्नो परिवारलाई बलियो बनाउने, अरुको अघि संधै राम्रो बन्ने प्रतिबद्धता गरेका छौं ।

अहिले नै कोर्ट म्यारिज गर्नु रहर हो कि बाध्यता ?
यो बाध्यता हो । हामी वैशाखमा विधिवत् रुपमा विवाह गर्ने योजनामा थियां, तर रविजी सँग मेरो नाम जोडिएर अनेक टीकाटिप्पणी हुन थालेपछि हामी कोर्ट म्यारिज गर्न बाध्य भएका हौं ।
विवाह नै गरेको भए हुन्थ्यो नि ?
हुन्थ्यो, तर हामीले ज्यातिषलाई चिना देखायौं । ज्यातिषले अहिले नै विवाह गर्न राम्रो साइत नजुरेको र वैशाखको तेस्रो साता विवाह गर्दा उत्तम हुन्छ भनेपछि हामीले वैशाखमा विवाह गर्ने निर्णय गरेका थियौं । कोर्ट म्यारिज गरे पनि हामी वैशाखको तेस्रो साता हिन्दू परम्पराअनुसार विवाह गछौं । डेट भने फाइनल भएको छैन ।
तपाईहरुसँग बस्न थाल्नुभयो कि बेग्ला–बेग्लै हुनुहुन्छ ?
हामीले माघ ९ गते कोर्ट म्यारिज गरेका हौं । त्यसपछि हामी वैधानिक रुपमा श्रीमान्–श्रीमती भैसक्यो । अहिले रविजी तेस्रो तलामा र म छैटौं तलामा छु । उहाँले माघ १५ गतेदेखि फ्ल्याट छाड्ने भन्नुभएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *