भर्खरै आयो झापा बाट डरलाग्दो खबर !

२०७५ माघ १२, शनिबार १६:३७ गते २०७५ माघ १२, शनिबार १६:३७ गते २०७५ माघ १२, शनिबार १६:३७ गते

सुरुङ्गा । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन्।

हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए। उनका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए। पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए।

बाँध भत्किदा सात जनाको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको बाँध भत्किदा कम्तीमा सात जनाको मृत्यु भएको छ। शुक्रबार बिहान भएको घटनामा परी अरु नौ जना घाइते भएका र १५० भन्दा बढी बेपत्ता भएका अधिकारीहरुले बताएका छन्। मिनास गिरैस राज्यमा यो घटना भएको सरकारी अधिकारीहरुले शुक्रबार बेलुका सञ्चार माध्यमहरुलाई जानकारी दिएका छन्। पिडितहरुका बारेमा थप विवरण भने सार्वजनिक गरिएको छैन। घटनास्थलमा एक सय भन्दा बढी व्यक्तिहरु छुट्टा छुट्टै उद्धार तथा खोजी कार्यमा लागेका छन्।

घटनास्थलमा ४२७ भन्दा बढी कामदारहरु काम गरिरहेकोमा १५० भन्दा बढी कामदारहरु अहिले सम्पर्कमा नरहेको अधिकारीहरुको भनाई छ। कामदार बाहेक स्थानीय बासिन्दाहरुपनि बेपत्ता भएको आशंका गरिएकाले बेपत्ता हुनेहरुको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। माटोको पहिरो गएकाले ब्रुमाडिन्हो नगरपालिकामा रहेको सो बाँध भत्किएको उद्धार कार्यमा खटिएकाहरुले बताएका छन्। बाँध भत्किएर त्यहाँको एउटा कार्यालय र स्थानीय वासस्थानमा असर परेको समाचारमा जनाइएको छ। खोजी तथा उद्धार कार्यकालागि अग्नीनियन्त्रकहरु र अन्य उद्धारकर्ताहरु परिचालित भएका छन्। शनिबार अन्य २०० जना त्यस क्षेत्रमा पुग्ने अपेक्षा गरिएको छ। सिन्ह्वा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *