मैदानमा सन्दीपले लगाए आगो , सन्दीपको ट्रीपल स्ट्राइक, नेपाल जित नजिक

२०७५ माघ १२, शनिबार १८:११ गते २०७५ माघ १२, शनिबार १८:११ गते २०७५ माघ १२, शनिबार १८:११ गते

काठमाडौं । २४३ रनको लक्ष्य पछ्याएको यूएईको ब्याटिंग लाइन ध्वस्त भएको छ । सोमपालले ध्वस्त बनाएको यूएईको ब्याटिंग लाइन सन्दीप लामिछाने तहसनहस पारेका छन् । सन्दपीले एउटै ओभरमा तीन विकेट लिँदै यूएईलाई तहसनहस पारेका हुन् ।

उनले खेलेको १५ औं ओभरमा यूएईका ३ जना ब्याट्सम्यानलाई आउट गरे । उनले ओभरको दोस्रो बलमा रिजवानलाई एलबीडब्ल्यू, तेस्रो बलमा फहद नवाजलाई पनि एलबीडब्ल्यू धरापमा पारे । अनह्याट्रिकमा रहेका सन्दीपले चौथो र पाँचौ बलमा भने विकेट लिन सकेनन् । ओभरको अन्तिम बलमा उनले अमिर हयातलाई बोल्ड गर्दै एउटै ओभरमा ३ विके लिए ।

यसअघि सोमपालले ४ विकेट लिएका थिए । यो समाचार तयार पार्दासम्म यूएईले १६ ओभरमा ७ विकेट गुमाएर ६१ रन बनाएको छ । यूएईलाई ३४ ओभरमा १८२ रन आवश्यक छ ।

इनिंगको पहिलो ओभरमा विकेट लिएका सोमपालले शनिबार उत्कृष्ट बलिंग गरेका छन् । उनले यूएईको माथिल्लोक्रम धराशायी बनाउने क्रममा यो सामाचार तयार पार्दासम्म ४ विकेट लिएका छन् ।

उत्कृष्ट ब्याटिंग गरेको नेपालले बलिंग पनि उत्कृष्ट शुरुआत गरेको छ । सोमपाल कामीले पहिलो सफलता दिलाउने क्रममा पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीलाई आउट गरेका छन् । सुरी गोल्डेन डक भए । उनलाई सोमपालले बोल्ड गरेका थिए । यस्तै सोमपालको अर्को शिकार बने गुलाब शब्बर । उनले गुलामलाई आरिफ शेखको हातबाट क्याच गराए ।

यसपछि पनि सोमपालको तुफान रोकिएन । उनले तेस्रो शिकार गर्नेक्रममा साइमन अनवरलाई शून्यमा एलडिडब्ल्यू धरापमा पारे । अनवर ९ बल खेलेर शून्यमा आउट भएका हुन् । असिपछि खतरनाक देखिएका अस्फाक अमहदलाई आफ्नै बलमा क्याच गर्दै सोमपालले चौथो शिकार गरे । अस्फाक १७ बलमा २० रन बनाएर सोमपालको शिकार बने । यो समाचार तयार पर्दासम्म यूएईले ६ ओभरमा ४ विकेट गुमाएर २९ रन बनाएको छ ।

यसअघि दुबईस्थित आईसीसी मैदानमा जारी यूएई र नेपालबीचको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २४२ रन बनाएको छ । इनिंग्सको अन्तिम बलमा चौका प्रहार गर्दै सन्दीप लामिछानेले नेपालको स्कोर २४२ पुर्याएका हुन् । लामिछाने १० बलमा १४ रन बनाएर नटआउट रहे भने ललित राजवंशी ३ रनमा नटआउट रहे ।

नेपालका लागि रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिंग गर्दै करिअरको पहिलो ओडिआई अर्ध सतक बनाए । उनले संकटमा परेको टीमलाई उकास्नेक्रममा ५८ बलमा ७ चौको मद्दतमा ५५ रनको उत्कृष्ट इनिंग खेले ।

११३ रनमा ५ विकेट गुमाएको अवस्थामा मैदानमा आएका रोहितले आरिफ शेखसँग ८२ रनको साझेदारी गरेका थिए । यही साझेदारीकै कारण नेपालले चुनौतीपूर्ण स्कोर खडा गरेको हो । आरिफले पनि ४९ बलमा २९ रन बनाएर रोहितको राम्रो साथ दिएका थिए । रोहित र आरिफको जोडीले ११३ रनमा ५ विकेटको अवस्थाबाट नेपालको स्कोर १९३ सम्म पुर्याएका थिए ।

यी दुई जना आउट भएपछि मैदानमा करण केसी देखिए । उनले ११ बलको छोटो इनिंग्समा १८ रनको आकर्षक ईनिंग खेले । उनले एकै ओभरमा २ छक्का प्रहार गरेका थिए । नेपाली इनिंगमा लागेका दुई छक्का करणकै ब्याटबाट निस्किएका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरेको नेपालले बलियो ओपनिंग गर्दा पनि त्यसलाई पूँजिकृत गर्न सकेन। ६१ रनको स्कोरमा पहिलो विकेट गुमाएको नेपालले ११३ रनको स्कोरसम्म पुग्दा ५ विकेट गुमाएको छ ।

नेपालले पाँचौ विकेटका रुपमा कप्तान पारस खड्काको विकेट गुमाएको हो । पारसले ३१ बल खेलेर २१ रन बनाए । लामो समयपछि ५० रनको ओपनिंग पार्टनरसिप गरेको नेपालले ९ रनको अन्तरालमा दुबै ओपनरलाई गुमाएको छ । त्यसपछि केही आकर्षक शर्ट खेलेका दिपेन्द्र सिंह ऐरी पनि आउट भएका छन् । ऐरी दुई चौकाको मद्दतमा १० रन बनाएर आउट भए । यसपछि चौथो विकेटका रुपमा पवन सर्राफ आउट भए । उनले १० रन बनाएका थिए ।

टस जितेर ब्याटिंग रोजेपछि नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भणडरीले ओपनिंग गरेका थिए । मल्ले ६१ बलमा ४४ रनको योगदान दिए भने भण्डारीले ४६ बलमा २१ रन बनाए । नेपालले पहिलो विकेट ६१ को स्कोरमा गुमाएको हो भने दोस्रो विकेट ७० रन बन्दा गुमायो ।

पहिलो खेलमा यूएईका बलर सामु धराशायी बनेको नेपाली ब्याटिंगमा आज भने निकै सुधार देखियो । ओपनिंग जोडीले कुदेरै ४ रनसमेत लिएको छ । पीचमा दुई ब्याट्सम्यानबीच राम्रो तालमेल देखिएको छ ।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । विरामी रहेका बसन्त रेग्मीको स्थानमा अलराउण्डर रोहित कुमार पौडेललाई टीममा समावेस गरिएको छ ।

नेपालले पहिलो एक दिवसीय खेल शुक्रबार ३ विकेटले गुमाएको थियो । नेपालका लागि यो खेल जित्न निकै दबाबमा छ । यो खेल हारे नेपालले सीरिज गुमाउनेछ । तीन खेलको सीरिजमा नेपाल १–०ले पछाडी छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *