२०७२ सालको भूकम्प अघि नै सिन्धुपाल्चोकस्थित आश्रममा गएका पिता कर्म वाइबाले आश्रमबाट फर्कन्छु भनेर फोन गरे पनि नफर्किएको र त्यसको एक महिनापछि हेटौँडास्थित प्रहरी कार्यालयमा उजुरी दिएको उनका छोरा महेन्द्र वाइबाले बीबीसीसँग बताए। तर उजुरी दर्ता नम्बर लिन बिर्सेका कारण प्रशासनले कारबाही अघि नबढाएको उनले बताए।
”चैत्र १४ गते फोन गरेर आउँछु भनेका बुवा महिना दिन बितिसक्दा समेत नआएपछि आश्रममा खोजी गर्न गएको थिएँ। तर त्यहाँबाट निस्किसकेको खबर पाएपछि हेटौँडास्थित प्रहरी कार्यालयमा उजुरी दिएँ,” महेन्द्र वाइबाले जानकारी दिए। ”दर्ता नम्बर नलिएकाले त्यस्तो भएछ। पछि थाहा पाएँ।”
गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने सम्बन्धित ठाउँका प्रमुख जिल्ला अधिकारीहरूलाई उक्त विषयबारे जानकारी सङ्कलन गरेर मन्त्रालयलाई जानकारी दिन निर्देशन दिई सकिएको जानकारी दिए।
उनका अनुसार घटनाको अनुसन्धानको क्रममा दोषी ठहर भए बमजनमाथि समेत कारबाही हुन सक्ने छ। ”हामीले कानुन बमोजिम कारबाही अगाडि बढाउने हो। अनुसन्धानले आरोप प्रमाणित गरे जो सुकै भए पनि कारबाही गर्नेछौँ,” सुबेदीले भने। etajakhabar
Views: 0