एपीवान एचडी टेलिभिजनबाट प्रशारण भइरहेको पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले उचालेका छन्।
‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले हात पारेका हुन्। उपाधी संगै उनले नगद ३ लाख रुपैया हात पारेका छन् ।
सामाजिक सञ्जालमा स्थापीत रमेशलाइ देश तथा विदेसमा रहेका थुप्रै नेपालीको साथ रहेको थियो । रमेशले प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पब्लिक च्वाइस अवार्डसमेत हात पारे। त्यसैगरी काठमाडौका प्रनव काफ्ले प्रथम उपविजेता र काठमाडौंकै मानसी ठाकुरले द्वितिय उपविजेताको उपाधि हात पारे।
कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख, दुई लाख र एक लाख लाख रुपैंया पाए।
महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद् डा। भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा।रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए। रमेश प्रसाइले पाएको पुरस्करको रकमबाट १ लाख रुपैया रवी लामिछानेलाइ दिनेभएका छन्,
Views: 0