दमक/अनसनरत डा. गोविन्द केसीलाइ पक्राउ गरी कार्वाही गर्न माग उठ्न थालेको छ ।
नेकपा निकट बिद्यार्थी नेता सुरेन्द्र बस्नेतले उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अमर्यादित शब्द बोलेको र सरकारी कर्मचारी भएर उदण्डता प्रदर्शन गरेको आरोप लगाउदै पक्राउ गरेर कार्वाही गर्न माग गरेकाहुन् ।
बस्नेतले आफ्नो भनाइ सामाजिक सञ्जाल फेसबुकमा पनि राखेकाछन् । उनले फेसबुकमा भनेकाछन
गोविन्द केसि त्रिभुवन विश्वविद्यालयको तलवभत्ता खाएर वसेका एक स्थायी प्राध्यापक हुन् । अरुलाई नैतिकताको पाठ पढाउन खोज्ने केसि आफै पढाउन र अप्रेसन गर्न छाडेर निरन्तर अनसन वस्छन्, आन्दोलन गर्छन् ।
भिसि, रेक्टर , रजिस्ट्रार कसैलाई फिटिक्कै टेर्दैनन्। यति सम्म पनि ठिकै छ ।वेलावेलामा देशका प्रतिष्ठित ब्यक्तित्वहरुलाई चोर, डाका, माफिया आदि भन्दै अनादरार्थी तुच्छ गाली गर्ने पनि छंदैछ।
हुंदाहुंदा आफैंले जागिर खाने विश्वविद्यालयका कुलपति समेत रहेका सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओली ज्युलाई लिखित रुपमा नै जुन निकृष्ट शब्द प्रयोग गरेका छन्, त्यस आधारमा डा. गोविन्द केसिलाई तत्काल गिरफ्तार गरि कार्वाही गर्नुपर्छ। अब अति भयो ।
Views: 0