पानी र ज्युँदै माछा खाएर ४९ दिनसम्म समुद्रमा डुबेर बाँचेका यी युवक जो बने बिश्वभर भाइरल

२०७५ माघ १३, आईतवार १९:३१ गते २०७५ माघ १३, आईतवार १९:३१ गते २०७५ माघ १३, आईतवार १९:३१ गते

४९ दिनसम्म समुद्रमा बगेर बाँचेका इन्डोनेशियाका एक युवा अहिले विश्वभर भाइरल भएकाा छन् । उनी ४९ दिनसम्म समुद्रमा बगेर पनि बाच्न सफल भएका हुन् ।

१९ वर्षिया एल्दी नोभल एडिलांग इन्डोनेसियन सामुद्रीक तटमा माछा मार्ने क्रममा समुद्रमा डुबेका थिए ।

समुद्रको मध्य भागमा माछालाई पासो लगाउने सानो डुंगाको झुप्रो गत मध्य जुलाइमा ठूलो हावाहुरीले डोरी चुड्याउँदै बगाएपछि उनी वेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छन् । तर उनी हजारौं किलोमिटरको दुरीमा सकुशल फेला परेको पनि समाचारमा उल्लेख गरिएको छ ।

हप्तैपिच्छे अन्य कामदारहरु त्यस डुंगाको झुप्रो जहाँ माछालाई पासो लगाउने काम गरिन्थ्यो त्यहाँ खाना, पानी, इन्धन सहित माछा लिन आउने गर्थे। तर डुंगा सहित किशोरलाई बगाएपछि उनको निधन भएको आशंका गरिएको थियो ।

उनले समुद्रको पानी र माछा खाएर आफ्नो भोक टारेको बताएका छन् । गत जुलाइमा उनी डुंगासहित समुद्रमा हराएका थिए।

उनले दिनहुँ आफू रुने गरेको द जकार्ता पोस्टलाई बताएका थिए । ‘जब जब म कुनै ठूलो जहाज देख्थें मनमा बाँच्ने आशा पलाएर आउथ्यो।’ उनले दुखी हुँदै ४९ दिनमा दश ठूला जहाज देखेको तर कोहीबाट सहयोग नपाएको बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *