शिक्षकले अब पाउने छैनन् सामाजिक सञ्जाल फेसबुक, ट्वीटर र भाइबर चलाउन

२०७५ माघ १३, आईतवार १९:४६ गते २०७५ माघ १३, आईतवार १९:४६ गते २०७५ माघ १३, आईतवार १९:४६ गते

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ।

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशिका २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर र भाइबरजस्ता सामाजिक सञ्जाल आफूखुशी प्रयोग गर्न रोक लगाएको समाचार कान्तिपुर दैनिकमा छ।

कात्तिक १३ गते स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रूपमा खिचिएको धार्मिकस्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्विरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ।

त्यस्तै कार्यक्रम सञ्चालन भइरहेको अवस्थामा सहभागीले मोबाइल प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ। कुनै कारणवस तस्विर खिचेमा ीवीकृति नलिई सामाजिक सञ्जालमा राख्न, टिप्पणी गर्नसमेत रोक लगाइएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed