मोरङ – मोरङमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा बिहान विराटचौकबाट– विराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको हो ।
ज्यान जानेमा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकाल रहेकी छिन् ।प्रहरीका अनुसार बाटो काट्दै गरेकी बालिकालाई तीव्र गतिमा रहेको टिप्परले ठक्कर दिएको हो ।
ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनापछि स्थानीयबासिन्दाले सडकमा गुडिरहेका अन्य आधा दर्जन टिप्परमा पनि तोडफोड गरेका छन् ।
दुर्घटनामा परे लगत्तै स्थानीयले टिप्परमा आगो लगाएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामप्रसाद राईले जानकारी दिएका छन् ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0