काठमान्डौ, यूएईलाइ हराउदै नेपाल एक दिवसीयअन्तर्राष्ट्रिय क्रिकेटमा बिजयी भएको छ ।पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ ।गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको हो ।
यसअघि नेदरल्यान्ड्ससँग भएको पहिलो एकदिवसीय सिरिज भने १–१ को बराबरी टुंगिएको थियो ।यूएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।
कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिके टमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेला डी बनेका छन् ।५० ओभरको खेलमा भने पारसको यो चौथो शतक हो । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्स विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
कप्तान पारसले ११५ रन बनाएर आउट भए । उनले १०९ बलमा १५ चौका र एक छक्का प्रहार गरेर आउट भए ।यसअघि पाँचौ विकेटको रुपमा रोहितकुमार पौडेललाई नेपालले गुमाएको थियो । रोहित १६ रनमा आउट भए ।सन्दीप जोरा १९ रनमा बाउन्ड्री ला इनमा क्याच आउट भएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीलेले ६ रन बनाएर आउट भए ।
नेपालका ज्ञानेन्द्र मल्ल ३१ रनमा आउट भएका थिए । त्यस्तै, विनोद भण्डारी ९ रनमा आउट भए ।आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनाएको थियो ।
Views: 0