तातो दुधमा डुबेर दुई वर्षीय बालकको बिजोग ! आमाले रुँदै मागिन उपचारका लागि सहयोगको गुहार (हेर्नुहोस भिडियो)

२०७५ माघ १४, सोमबार २१:१९ गते २०७५ माघ १४, सोमबार २१:१९ गते २०७५ माघ १४, सोमबार २१:१९ गते

ताप्लेजुङ्गमा घर भएका रायन लिम्बु दुई वर्षीय बालक हुन्। उनको शरीर तातो दुधले पोलेर हाल सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।

उनलाई बचाउन जाँदा उनको आमा रन्जना लिम्बुको समेत औला जलेको छ। घरको आर्थिक अवस्था निकै कमजोर भएको कारण रन्जना लिम्बुलाई अहिले आफ्नो दुधे बालकको उपचारको लागि हम्मे हम्मे परेको छ।

रन्जनाको अनुसार, विहानी ६ बजे तिर दुध तताएर उनी बाहिर जाँदा बामे सर्ने रायन भान्छामा राखिएको पिर्कामा अल्झिएर दुधको कुडेमा परि एक्कासी चिच्चाए। त्यही सुनेर सबै भान्छामा पुग्दा कुडेमा परिरहेका रहेछन रायन। उनको हात देखि खुट्टा समेत जलेको छ।

उनी भन्छिन, ‘म हतारिएर बाबुलाई समाए र मेरो पनि ४ वोटा औला पोल्यो। हाम्रो घरतिर बस त्यति पाउदैन अस्पतालसम्म पुग्नको लागि तत्काल गाडी भेटेनौ।’ पहिला रन्जनाका परिवारले स्वास्थ्य चौकी लगे र त्यहाँ नभएर विर्तामोडको अस्पताल लगियो। त्यहाँ केहि दिन उपचार पछि घाउ निको पार्न डाक्टरले काठमाडौँको सुश्मा कोइराला मेमोरियल अस्पतालमा लान सुझाब दिए।

अहिले उनी छोराको उपचार सुश्मा कोइराला मेमोरियल अस्पतालमा गराईरहेकी छिन्। अस्पताल ल्याइएको भोलिपल्टै अप्रेशन गरिएको छ र फेरी अर्को अप्रेशनको तयारी गर्नुपर्ने डाक्टरले भनेको उनले बताइन। रयानको एउटा खुट्टा बाङ्गो भईसकेको डाक्टरले बताएका छन्।

अहिले थेरापी, औषधी र उपचार खर्च गरेर दैनिक १० हजार जति हुन्छ। खेतीपातीबाट घर धानिरहेकी रन्जनाले यति ठुलो रकम कसरी जुटाउने भनेर अलमल छिन्।

आजसम्म ऋण गरेर उपचार गराइरहेकी रन्जनाले आखाँ भरि आसु लिंदै भनिन्, ‘मेरो छोरालाई सकेको सहयोग गरेर अपाङ्ग हुनबाट बचाईदिनुहोस।’ तपाई हाम्रो सानो सहयोगले यो सानो अबोध बालकले नयाँ जीवन पाउने छ। उनलाई सहयोग गर्नको लागि ९८१८२२४९२१ मा सम्पर्क गर्न सक्नुहुन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *