पूजाको पहिरन खुल्दा आकाश र सोनम रोमान्टिक, आकाश र मेरो जोडी बेष्टः पूजा

२०७५ माघ १४, सोमबार २१:४७ गते २०७५ माघ १४, सोमबार २१:४७ गते २०७५ माघ १४, सोमबार २१:४७ गते

काठमाडौँ । गायक सुगम पोखरेलको निकै नै लोकप्रिय गीत सम्हालिन्छ कहिले मनमा फिल्म बन्ने पक्का भएको छ ।

आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको औपचारिक घोषणा गरिएको हो तर यस अघि नै यस फिल्मको समाचार भने बाहिरिसकेको थियो ।

‘सम्हालिन्छ कहिले मन’ मुख्य भुमिकामा चर्चित नायिका पुजा शर्मा र नायक आकाश श्रेष्ठ देख्नुहुनेछ भने यी दुईसँगै सोनम तोप्देनले पनि मुख्य भुमिकामा देखिनेछन् ।

सोनमको यो डेन्यु फिल्म रहेको छ । यस फिल्ममा पुजा भने निर्मात्री नभएर अभिनेत्रीको रुपमा मात्र काम गरेकी छिन् ।

फिल्म ‘रामकहानी’ पछि पुजाले आफ्नो ब्यानरमा फिल्म निर्माण गर्ने निरन्तरतालाई पर सार्दै नयाँ ब्यानरमा काम गर्न लागेकी हुन् । राम कहानीकै अधिकांश टिम दोहोरिएको फिल्म ‘सम्हालिन्छ कहिले मन’ मा सोनम तोप्देनले डेब्यु नायक र बेलायतमा बस्दै आएका अमित बस्नेतले डेब्यु निर्माताको रुपमा काम गर्न लागेका हुन् ।

यस सँगै फिल्ममा सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकारहरुको पनि अभिनय रहने छ । यहि महिनाको अन्तिमबाट फिल्म फ्लोरमा जाने कुरा बताइएको छ । साथै फिल्मको ९० प्रतिशत भन्दा बढि छायाँकन बेलायतमा हुने कुरा पनि यसै कार्यक्रममा बताइएको थियो ।

यस फिल्मलाई पनि निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने बताएको छ । त्रिकोणात्मक प्रेम कथामा निर्माण हुन लागेको फिल्ममा महेश दवाडीको लेखन रहेको छ ।

फिल्ममा अर्जुन पोखरेल, तारा प्रकाश लिम्बु र सुगम पोखरेलको संगीत रहनेछ भने कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed