मेरो बाबालाई करेन्ट लगाएर र कुटेर सुधारगृहले नै मारेको हो भन्दै क्रियास्थलबाटै बोले छोरा (भिडिओ)

२०७५ माघ १४, सोमबार २२:५७ गते २०७५ माघ १४, सोमबार २२:५७ गते २०७५ माघ १४, सोमबार २२:५७ गते

भक्तपुर। ललितपुरको महालक्ष्मी–४ स्थित एक पुनर्स्थापना केन्द्रमा शारीरिक यातनाका कारण सेवाग्राहीको मृत्यु भएको पाइएपछि मृतकको आफन्तले क्षतिपुर्ति सहित दोषीलाई कारवाहीको माग गरेका छन् । प्रहरीले सञ्चालकसहित दुईजनालाई पक्राउ गरेको छ ।

सोलुका २८ वर्षीय छिरिङ ग्याल्जेन शेर्पा र झापा विर्तामोड–४ का ४८ वर्षीय सुनील खड्का क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

शेर्पा पुनर्स्थापना केन्द्रका अध्यक्ष र खड्का म्यानेजर हुन् । उनीहरूले केही वर्षदेखि ललितपुर महालक्ष्मीस्थान–४ स्थित सेतीपाखामा वी केयर लागुऔषध पुनर्स्थापना तथा सुधार केन्द्र सञ्चालन गर्दै आएका थिए । प्रहरीका अनुसार सुधार केन्द्रमा दोलखा वैतेश्वर–६ नाम्दुका ४३ वर्षीय सीताराम घिमिरेको मृत्यु भएको हो । लागुऔषध सेवनबाट छुटाउन उनलाई परिवारका सदस्यले ३ माघमा पुनस्र्थापना केन्द्रमा भर्ना गरेका थिए । घिमिरेको गत माघ ६ गते मृत्यु भएको हो ।

मिश्रले घिमिरेको मृत्यु शंकास्पद देखिएको उनको दोश्रो श्रीमतीको छोराले बताए। मृतकको दुई श्रीमती छन्। जेठी श्रीमती पट्टिबाट उनको पाँच छोरी र कान्छी श्रीमती पट्टिबाट उनको एक छोरा छन्। उनी जीवित छउन्जेल उनले नै परिवार धानेका थिए। उनमा रक्सि सेवन गर्ने मात्र खराब बानी थियो। रक्सि खाएर पनि अरु कसैलाई हानिनोक्सान नपुराउने उनको छोराको भनाई छ।

अत्ति नै रक्सि खाने भएकोले उनका छोराले सुधार गृहमा सुधार्नका लागि लागेका थिए। माघ ३ गते सुधार गृह छोडेर आएपछि पनि उनले बारम्बार आफ्नो बुबाको हालखबर के छ भनेर सोधिरहेका थिए। बारम्बार सोध्दा पनि ठिक छ भनेर सुधार गृहबाट आश्वासन दिएपछि उनी निर्धक्क भएका थिए। उनलाई अचानक बिहान अस्पतालमा बुबालाई लगिएको छ भनेर कल आयो।

हत्पताउदै उनी अस्पताल पुगे। अस्पतालमा उनले आफ्नो बुबाको शव बेवारिसे अवस्थामा भेटे। पोस्टमाटमको रिपोर्ट अनुसार मृतकको करंग भाचिएको र मुटुमा रगत जमेको थियो। मृतकको शरीर भरि निलो डाम थियो साथै उनको हातमा थ्री लेखिएको इलेक्ट्रिक शक दिएको निशानी पनि थियो।

यो सब निशानी र मृत्युको अवस्था देख्दा यो मृत्यु होइन घटना नै हो भन्दै मृतकका छोराले दोषीलाई कारवाहीको माग गरे।आफुले आफुलाई अन्याय भएको क्षतिपुर्ति सहित दोषीलाई साजयको माग राख्दा सुधार गृहको संचालकले धम्काउनुको साथै हातपात समेत गर्न खोजेको पिडित परिवारको गुनासो छ। उनीहरुलाई केहि रकम दिएर केस मिलाउन दवाब समेत दिइएको पिडित परिवारले बताए।बाँकी हेर्नुहोस् भिडियोमा :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *