हृदयघात भएका पूर्व युवराज पारस अझै खतरामुक्त छैनन्, यस्तो छ पछिल्लो स्वास्थ्य अवस्था(भिडियो हेर्नुस्)

२०७५ माघ १५, मंगलवार ११:५९ गते २०७५ माघ १५, मंगलवार ११:५९ गते २०७५ माघ १५, मंगलवार ११:५९ गते

काठमाडौं, १४ माघ । हृदयघात भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारसको एन्जियोप्लास्टी गरिएको छ ।

एन्जियोप्लास्टीमार्फत मुटुको भल्व खोल्न सफल भएपछि डाक्टरहरु आशावादी बनेका छन् । हृदयघात भएपछि पारस अस्पताल भर्ना भएका थिए ।

आफ्ना एक भतिजसँग दिउसो साढे चार बजे अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो ।

एन्जियोप्लास्टीपछि आईसीयूबाट सीसीयूमा सारिएको छ । तर उनको स्वास्थ्य अवस्था खतरामुक्त भने नरहेको चिकित्सकहरुले बताएका छन् ।

शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।

पहिलेबाटै मुटुरोगी पारसलाई हृदयघात भएको यो तेस्रो पटक हो । पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भने अहिले सिमरामा छन् ।

फोनमार्फत उनीहरुले छोराको स्वास्थ्यबारे जानकारी लिइरहेको छन् । पारसकी पत्नी पूर्वयुवराज्ञी हिमानी भने थाइल्यान्डमा छिन् । पूर्व युवराज पारशको स्वास्थ्य अवस्थावारे हामीलाई जानकारी दिंदै अस्पतालका अधिकारीले यस्तो भनेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *