पोखरा, १५ माघ । नेकपाका सांसद राजीव गुरुङले सोमवार सपथ लिए ।
दीपक मनाङे भनेर चिनिने गुरुङ मंगलवार गण्डकी प्रदेश सभामा आएका छन् । भारतीय नम्बर प्लेटको गाडी चेडेर आएका उनलाई देखेर सबैको ध्यान भने उनी तिरै खिचियो । दलबल सहित पुगेका उनको रवाफ नै फरक देखिन्थ्यो ।
संसद कम्पाउण्ड भित्र सरकारी नम्बर प्लेट र मन्त्रीको गाडी मात्र प्रवेश पाउने भएपनि भारतीय नम्बर प्लेटको गाडी देखेपछि अन्य माननियहरु भने अचम्म मानेर हेििररहेका थिए । सांसदले नै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेपछि सुरक्षामा बसेकाहरु पनि अलमलमा परे । उनीहरुले प्रवेश गर्न दिए ।
बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा एक सांसदले भने, ‘संसदको कुनै मर्यादा हुन्छ कि हुँदैन । हुन्छ भने उनले अनुमति लिएका छन् कि छैनन् हेनुपर्छ ।’ तर, मनाङे आफूले दैनिक शुल्क तिरेर भारतीय गाडी चढेकोमात्रै बताएनन्, सरकारी गाडी चढेको भएमात्र प्रश्न उठाउन आग्रह गरे ।
मनाङेले यस विषयमा पत्रकारलाई उल्टै भने ‘यस्ता फाल्तु कुरामा समय नफाल्नुस् ।’ उनले अगाडि थपे ‘यो भाइहरुको गाडी हो । भाइ पनि होइन भाइको दिदीको, देशले भारतको सहयोग लिन मिल्ने मैले गाडी चढ्न पनि नपाउने ?’
Views: 0