बारीमा दाउरा लिन गएको बेला एक किशोरी भइन बलात्कृत

२०७५ माघ १५, मंगलवार १६:४१ गते २०७५ माघ १५, मंगलवार १६:४१ गते २०७५ माघ १५, मंगलवार १६:४१ गते

काठमाडौँ – सप्तरीमा एक १८ वर्षीय किशोरी बलात्कृत भएकी छिन्। छिन्नमस्ता गाउँपालिका वडा नम्बर तीन स्थित महुवामा मामाघर गएकी एक किशोरी बलात्कृत भएकी हुन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भएकी ती किशोरीलाइ गाउँका एक युवकले बलात्कार गरेका हुन् । बलात्कार गर्ने युबक फरार भएको प्रहरीले बताएको छ।

फरार हुनेमा छिन्नमस्ता गाउँपालिकाका २० वर्षीय युवक प्रभुकुमार यादव रहेका छन्। प्रहरीका अनुसार मामाघर नजिकैको बारीमा दाउरा लिन गएको बेला कोही नभएको मौका छोपी प्रभुकुमारले किशोरी माथि बलात्कार गरेका जनाइएको छ ।

युवतीको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भैरहेको छ भने प्रभुकुमारको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed