काठमाडौं, १५ माघ । यसै साता राजधानीमा आयोजित चलचित्र ‘दाल भात तरकारी’को पत्रकार सम्मेलनमा अभिनेत्री आँचल शर्माले पत्रकारसँग माफी मागिन् ।

उक्त पत्रकार सम्मेलनको केहि दिन अघि अभिनेत्री आँचलले आफ्नो अन्र्तवार्ता लिन सुटिङ् स्पटमा पुगेका पत्रकारलाई रित्तै हात फर्काएकी थिईन् ।

सोही विषयलाई चलचित्र ‘दाल भात तरकारी’ यूनिटले आफूलालाई बोल्न नदिएको भन्दै समाचार बनाईएका थिए । तर, आँचलले उक्त कुरा अस्विकार गरेकी थिईन् । आफूले चलचित्र बाहेक अन्य विषयमा अहिले अन्र्तवार्ता नदिने बताएको उल्लेख गरेकी थिईन् ।

त्यसपछि एक पत्रकारले आक्रोशित हुँदै हामीले कलाकारको मुड अनुसार चल्नु पर्ने हो भनेर प्रश्न गरेका थिए । प्रश्नसँगै उनले कलाकारको हितका लागि राती १२ बजे विमानस्थल पुग्नेदेखि भातनै छाडेर काम गरेको भन्दै दुखेसो समेत गरेका थिए ।

उनले पत्रकारको सम्मान गर्न आँचल लगायत कलाकारलाई आग्रह गरेका थिए । त्यसपछि आँचलले पत्रकारसँग माफी मागेकी थिईन् ।

उक्त कार्यक्रमको शो भिडियो र समाचार सार्वजनिक भएसँगै अभिनेता पल शाहले असन्तुष्टि ब्यक्त गरेका हुन् । उनले आफ्नो फेसबुकमा माफी मगाउँदैमा समस्या समाधान नहुने बताएका छन् ।

राती अवेरसम्म काम गर्नु, विमानस्थल पुग्नु पत्रकारको पेशागत धर्म भएको समेत उल्लेख गरेका छन् । त्यसैले आफूले गरेका कामलाई लिएर गर्जनु उपयुक्त नभएको पलको भनाई छ ।

उनले पत्रकारले पनि कलाकारसँग प्रस्तुत हुने तरिका सिक्नु पर्ने आफ्नो स्टाटसमा बताएका छन् । साप्ताहिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *