काठमाडौं – अब एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने भएको छ ।
यस वर्षको एसईइ परीक्षाको प्रश्न पत्र र उत्तर पुस्तिका छुट्टा–छुटै छापिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । एसईइ परीक्षा चैत १० गतेबाट सुरु हुने भनिएको छ ।
उक्त परीक्षाका लागि चाहिने उत्तरपुस्तिका छपाईको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको बताइएको छ ।
त्यसैगरी परीक्षाको प्रश्न पत्र भने परीक्षा नियन्त्रण कार्यालयले छाप्ने बताइएको छ ।संघीय सरकारले उत्तरपुस्तिका छाप्ने रकम प्रदेश मातहतमा पठाएकोले उत्तरपुस्तिका प्रदेशले छाप्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्रदेशलाई परीक्षा नियन्त्रण कार्यालयले पुरानै ढाचाँमा, त्यहि मापदण्डमा उत्तरपुस्तिका छाप्ने अनुमति दिएको जनाएको छ ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0