पिएनपिखबर : दोलखाका ४३ बर्षीय सिताराम घिमिरेलाई मदिराको लतबाट छुटाउनका लागि परीवारले माघ ३ गते मात्रै ललितपुर महालक्ष्मीस्थान ४ मा रहेको वी केयर लागुऔषध पुन: स्थापना तथा सुधार केन्द्रमा राखेका थिए । त्यसको ३ दिन पछि एका विहानै उनका छोरा साजन घिमिरेलाई सुधार केन्द्रबाट बाबु सिकिस्त रहेकाले तुरुन्त स्टार अस्पतालमा आउन खबर गरे।

खबर पाएको केहि छिनमै अस्पतालमा पुग्दा बाबुको निधन भैसहेको थियो। चिकित्सकले समेत उनलाई अस्पताल ल्याउनु पूर्व नै निधन भैसहेको रिपोर्ट दिए । सिताराम घिमिरे सुधार भएर सामान्य जीवनमा फर्कीने आशामा सुधार गृह पठाएको परिवारमा ३ दिन भित्रै रहस्यमय मृत्यु खबरले मर्माहत बनाएको छ ।

घट्नाका एक प्र्त्यक्षदर्शी अनुसार, उनको मृत्यु हुने दिनको दिउँसो सामान्य अवस्था थियो तर बेलुकीपख एक्कासी घर जान्छु भनेर सितारामजी पसिना काटेर मुख छाड्दै कराई रहेका थिए। उनका हेर्ने बडीगार्डले हात खुट्टा समाएर समाल्न थाले। त्यसपछि उनी बर्बराएर निकै बल लगाएर हात छोड्न थालेको कारण हात र खुट्टा बाध्नुपरेको थियो।

‘हात खुट्टा बाधेपछि पनि मुख छाडेको छाडै गरेकाले मुख बाध्नु पर्ने अवस्था आएको थियो। त्यति खेरसम्म म त्यही थिए र साम्य भईसके पछि सुत्न गए तर पछि सबैजना ट्याक्सी बोलाउने भन्दै कराई रहेको देखेर म उठे। उनको अवस्था देखेर डर लाग्यो। त्यही पनि उनको छातीमा पम्प दिए र मुखबाट पनि श्वास दिए तर केहि हलचल भएन र अस्पताल लगियो तर उनी बच्न सकेनन्।’ ,उनले भने।

उनले मृतक सितारामलाई ‘इलेक्ट्रिक सक’ दिएको खबर झुटो रहेको बताए। उनले भने, ‘करेन्ट लाउने गरिएको छैन। यहाँ एक थप्पड हान्न पनि धेरै सोच्ने गरिन्छ।’ उनको हातमा निकै निलडाम पनि थियो। निलडामको कुरामा उनले खण्डन गर्दै भने, ‘मृतकको पहिले देखिको लत थियो रक्सिमा खान नपाएर उनी जिब्रो तोक्ने, फिज काट्ने गर्थे सो कारण उनलाई समाल्न गाह्रो हुन्थ्यो त्यहीक्रममा उनको हात खुट्टा समात्दा निलडाम भएको हो।’

हेर्नुहोस भिडियो :

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *