मानिसको पहिरनबाटै उसको वास्तविकता थाहा नहुन पनि सक्छ । कैयौं धनी व्यक्तिहरु सादा जीवन बाँच्न मन पराउँछन् । यस्तै सादा जीवन बिताउन चाहने एक व्यक्तिसँग अनौठो घटना भएको छ । घटना थाइल्याण्डको हो । यी वृद्धका तस्वीरहरु सामाजिक संजालमा भाइरल भइरहेका छन् । यी व्यक्ति हेर्दा निकै साधारण देखिन्छन् ।
हालै यी वृद्ध एक मोटरसाइकलको शोरुममा पुगे । जहाँ मानिसहरुले यिनको पहिरन हेरेर निकै मजाक उडाए । थाइल्याण्डको थोमस अलेक्स्थित एक मोटरसाइकल शोरुममा पुगेका यी व्यक्तिले शोरुमभित्र गएपछि सबैतिर हेरे अनि त्यहाँ भएको हार्ले डेभिडसन बाइक देखाउन भने ।
उनको कुरा सुनेर त्यहाँ भएका सबै कर्मचारी हाँस्न थाले र उनको कुरालाई बेवास्ता गरिरहे । शोरुमका सबै स्टाफको व्यवहार देखेर ती वृद्धलाई निकै नराम्रो लाग्यो ।
उनले शोरुमका मालिकलाई बोलाउन भने । पहिले त सबैले उनलाई मालिकसँग भेट्न नदिएनन् तर ती वृद्ध पनि आफ्नो जिद्दीमा अडिग रहे । अन्ततः मालिकसम्म खबर पुग्यो । मालिक आएपछि ती वृद्धले त्यहाँका स्टाफले आफूलाई हार्ले डेभिडसन बाइक नदेखाएको गुनासो गरे ।
त्यसपछि मालिकले ती व्यक्तिलाई आफैं बाइक देखाए । मालिकले आफैं बाइक देखाएपछि सबै स्टाफ चकित परे । मालिकले ती व्यक्तिलाई देखाएको बाइकको मूल्य झण्डै २० लाख नेपाली रुपैयाँ पथ्र्यो ।
हद त तब भयो जब ती वृद्धलाई बाइक मन पर्यो । उनले तुरुन्तै सबै पैसा निकालेर मालिकलाई दिए । भिखारीजस्ता देखिने ती वृद्धलाई हेर्दा त्यहाँ कसैले सोचेका थिएनन् कि उनीसँग लाखौं रकम छ । यो पूरै घटना त्यहाँ भएका एक किशोरले मोवाइलमा खिचेका थिए ।
उनले यो सबै सामाजिक संजालमा शेयर गरिदिए । हेर्दाहेर्दै उनको कहानी भाइरल भएको छ । यो घटनापछि सामाजिक संजालमा एक महिलाले ती वृद्ध आफ्ना दाजु लांडेजा भएको बताएकी छिन् जो निकै साधारण जीवनशैली मन पराउँछन् ।
Views: 0