अजिब प्राणी जसले १४ घण्टासम्म लगातार सम्भोग गर्छ अनि फतक्क गल्छ र मर्छ !

२०७५ माघ १५, मंगलवार २०:१७ गते २०७५ माघ १५, मंगलवार २०:१७ गते २०७५ माघ १५, मंगलवार २०:१७ गते

मेलबर्न । अस्ट्रेलियामा पाइने मस्र्युपाइल प्रजातिको जीव सेक्स (शारीरिक सम्पर्क)लगत्तै मर्ने गरेको पाइएको छ । त्यहाँको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकले यो जीवलाई लोपोन्मुख जीवको श्रेणीमा राख्ने निष्कर्षमा पुगेका छन् ।

वैज्ञानिकहरुको उद्देश्य यो प्रजातिलाई बचाइराख्नु हो । २०१३ मा पहिलोपटक यो प्रजातिका जीवको खोजी गरिएको थियो । कालो पुच्छर र फुस्रो रंगवाला शरीर भएको यो जीव ज्यादातर सेक्समा रुचि राख्ने गर्छ । सोही कारण यिनीहरुको ज्यान नै जाने गर्छ भने यसलाई वैज्ञानिकहरुले आत्महत्यासँग तुलना समेत गरेको बताइएको छ । यो प्रजातिमा दिनको १४ घण्टासम्म सेक्स गर्ने क्षमता हुन्छ ।

क्विन्सल्याण्ड युनिभर्सिटीका वैज्ञानिक एन्ड्रु बेकरका अनुसार सेक्सको एकदमै भोको हुने यो जीव यही कारण जोडी खोज्दै हिँड्ने गर्छ । यसले यिनीहरु निकै थकित हुन्छन् भने नराम्रो प्रभाव समेत पर्छ । कतिपय अवस्थामा त लगातारको सेक्सकै कारण यिनीहरु घाइते समेत भएका हुन्छन् ।

वैज्ञानिकहरुका अनुसार लगातार सेक्सकै कारण यिनीहरुको शरीरबाट धेरै मात्रामा हर्मोन निस्किन्छ । सेक्सको लागि यिनीहरु आफूलाई रोक्न नै सक्दैनन् । यसैले गर्दा यिनीहरुको ज्यान नै जाने गर्छ ।

 

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed