चर्चित पत्रकार रवि लामिछानेकी श्रीमती निकिता पौडेलमाथि अख्तियारको कारवाही ! अब के गर्लान् रवि

२०७५ माघ १६, बुधबार १३:२५ गते २०७५ माघ १६, बुधबार १३:२५ गते २०७५ माघ १६, बुधबार १३:२५ गते

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेललाई अख्तियारले पत्र काट्ने तयारी गरेको छ । स्रोतका अनुसार बोर्डको अध्यक्ष बन्न उनले ठूलो रकम खर्चिएको भन्ने कुराहरु यसअघि नै आएकाले यसबारेमा छानबिन गर्न पौडेललाई अख्तियारले पत्र काट्न लागेको हो ।

हल सञ्चालक तथा चलचित्र निर्मात्री पौडेल बोर्डको अध्यक्ष नियुक्त भएसँगै उनीबारे अख्तियारमा उजुरी परेको थियो । तत्कालिन् सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले पौडेलबाट ठूलो आर्थिक लाभ लिएर उनलाई अध्यक्ष बनाएको आरोपसहित अख्तियारमा उजुरी परेको थियो । अख्तियारले पनि यो विषयमा वास्तविकता के हो भनेर ?

छानबिन गर्नेगरि बोर्डकी अध्यक्ष पौडेललाई पत्र काट्न लागेको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०७४।८।२५ गते बोर्डको अध्यक्षमा चलचित्रकर्मी पौडेललाई नियूक्त गरेको थियो । र, २०७४।८।२९ गते पौडेलले पदभार गरेकी हुन् ।

यो पनि
नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेज गरेका छन्। रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले सोमबारको बैठकबाट सेवा शुल्क नलिने निर्णय गरेको हो।

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेवानका अध्यक्ष प्रमोद जैसवालले जानकारी दिए।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो।

रेवानमा आवद्ध रेष्टुरेन्ट तथा बारहरूमा यो निर्णय मंगलबारदेखि नै लागू गर्ने छन्। यद्यपी सफ्टवेयर बिलिङ प्रणाली भएकालाई भने केही समय लाग्नेछ। रेवानको यो निर्णयसँगै ठूला होटल र पार्टी प्यालेसलाई पनि दबाब पर्ने भएको छ।

पछिल्लो समय सामाजिक सुरक्षा कोषबाट मजदुरहरूको सुरक्षा भएको र स्वेच्छिक रूपमा दिने टिप्सलाई कुनै पनि बन्देज नलगाएकोले मजदुरलाई असर नपर्ने रेबानले जानकारी दिएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *