ज्योति मगरले यसरी तताईन् स्टेज, दर्शकबाट तालीको ओईरो

२०७५ माघ १६, बुधबार १३:५८ गते २०७५ माघ १६, बुधबार १३:५८ गते २०७५ माघ १६, बुधबार १३:५८ गते

प्युठान। रुमारानी–३ चाभाको सरस्वती मावि गाउँको सरकारी स्कुल, जिल्लाको शिक्षा क्षेत्रमा कहलिएको नाम हो । त्यहाँ ५६ औं वार्षिकोत्सवको तयारी भव्य थियो। प्रदेश ५ सदस्य हरिप्रसाद रिजाल प्रमुख अतिथि थिए। गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्मादेखि वडाध्यक्ष भीमबहादुर मर्साङीसम्मका नेता (जनप्रतिनिधि) समेत अतिथि भएर मञ्चमा ठाँटिएका थिए।

गायिका ज्योति मगर नेपाली सांगीतिक क्षेत्रमा आफ्नो हाउभाउको कारण बढी चर्चित छिन्। ज्योति मगरको पहिरन र हाउभाउले सधैं बढी चर्चा पाउँछ। ज्योति गीत गाउँदा दोहोरो अर्थ लाग्ने शब्द बढी प्रयोग गर्छिन्।

खुलेका पहिरन त उनको विशेषता नै हो। उत्तेजक नृत्यसँगै गीत गाउने ज्योति मगर भनेपछि युवा हुरुक्कै हुन्छन्। भल्गर प्रस्तुति भनेर उनको आलोचना पनि हुने गर्छ। ‘मलाई भल्गर भन्छन्।’ –उनी आफै भन्छिन्।

स्टेज चढेपछि सेक्सका कुरा गर्न नबिर्सने ज्योति छोटै पहिरनमा देखिएकी थिइन्। उनी साँझ अबेर मात्र स्टेज चढिन्। उनले यहाँ पनि उत्ताउलो पहिरन पहिरिन भ्याइन्। पहिरनमा मात्र होइन, गीतमा पनि उत्ताउला शब्द मिसाइन्। अनि ज्योति मगर खुब घन्किइन् विद्यालयमा।

उनको गीतका शब्द सुनेर युवाहरूले ठूलै स्वरमा वाहवाही गरे, समर्थन जनाए। तर खचाखच भरिएका अभिभावक नाक खुम्च्याइरहेका थिए। उनीहरू मुख छोप्थे र ज्योतिलाई गीत रोक्न आग्रह गर्थे। तर अहं सुन्थेन्न कोही। सुनून् पनि किनरु कोलाहल थियो, ज्योतिको प्रस्तुतिले पूरै माहोल गुञ्जायमान थियो। उनले स्टेजमै ज्याकेटसमेत खोलिन्।

चिसोको कोही प्रवाह नै थिएन। शनिबारको साँझ ज्योतिको अश्लील गीत गुन्जियो। कार्यक्रम रातको ९ बजेसम्म चल्यो। दर्शकमध्ये धेरैजसो विद्यार्थी नै थिए। अतिथिहरूले पनि आफै ज्योति मगरको लाइनमा उभिएर अश्लीलतालाई बढावा दिए।

उनीहरूले त्यो अश्लील प्रस्तुति रोक्नसमेत प्रयास गरेनन्। शिक्षक र अतिथि दर्शक भएर हेरिरहे। कार्यक्रममा ज्योतिले जिम्माल बाको छोरी, उही मुलाको सिन्की, चोरी खान पल्केको ढाडे बिरालोलगायतका गीत गाइन्।

विद्यालयमा पश्चिमेली संस्कृति भित्रिएको अभिभावकहरूले प्रतिक्रिया दिएका छन्। ‘अब विद्यालय कता जाँदै छरु’, एक अभिभावकले भने– ‘यस्तो अश्लील प्रस्तुतिले बालबालिका र स्कुले विद्यार्थीको मस्तिष्कमा के प्रभाव पार्छरु यो विद्यालयको उत्सव हो कि कन्सर्टरु’ विद्यालयका प्रधानाध्यापक खेमराज शर्माले राष्ट्रिय कलाकार ल्याउने जिम्मा स्कुलले विद्यालयका पूर्वविद्यार्थीलाई दिएको र उनीहरूले नै ज्योति मगरलाई ल्याएको बताए। ‘ज्योति मगरलाई ल्याउन हामीले भनेका छैनौं।’ –उनले भने।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *