महिलालाई खुसी राख्न तथा महिलालाई पट्याउनका लागि पुरूषको हासोँ नै काफी हुने एक अध्ययनले देखाएको छ । महिलाहरु पुरूषको हासोँबाटै प्रभावित हुने उक्त अध्ययनले दावी गरेको छ । पुरूषहरुको हाँसोले महिलाहरूले उक्त पुरूषलाई हेर्ने दृष्टिकोण नै परिवर्तन हुने बताइएको छ ।
अध्ययनमा के बताइएको छ भने जब पुरूषहरु महिलामाथि हावी हुन्छन् तब महिलाले उक्त पुरूषले हासेँर भनेको कुरालाइ सहजै स्वीकार गर्छिन् । यस्तै, अध्ययनले महिलालाई हाँसेर कुनै पुरूषले सेक्ससम्बन्धी कुनै आपत्तिजनक कुरा बताए पनि वेवास्ता गर्ने गरेको बताएको छ । शरीरको भाषाकी विशेषज्ञ पट्टी बूडका अनुसार महिलाले पुरूषका बारेमा कुनै निर्णय लिनुपर्दा उनीहरूको हाउभाउ बढी ध्यान दिने गर्छन् ।
पुरूषले बोलेको कुरा र उसको हाउभाउ मिले नमिलेको हेरेर महिलाले उक्त पुरूषको बारेमा आफ्नो धारणा तयार गर्ने बूडले बताइन् । उनले महिलाको यही कमजोरीका कारण पुरूषले सहजै पट्याउन सक्ने र सेक्सका बारेमा आपत्तिजनक कुरा समेत सहजै भन्ने गरेको
बताउँछिन् ।
बूडले महिलाहरुलाई पुरूषको मुस्कानबाट बच्नका लागि सल्लाह दिएकी छिन् । उनले पुरूषले आफूबाट के चाहेको त्यो पहिले विचार गर्नुपर्ने बताउँछिन् । उसको व्यवहार समेत ध्यानमा राख्नुपर्ने उनको धारणा थियो ।
कसैसँगैका पहिलो भेटमा उनीहरुलाई आकर्षित गर्न सहज पक्कै हुँदैन । केही यस्ता गल्तीहरु छन् जसलाई केटीले स्विकार गर्दैनन् र केटाप्रतिको आफ्नो धारणा परिवर्तन गर्छन् ।
युवतीहरुले यस्तासमान्य स्वभावबारे समेत ख्याल गरेका हुन्छन् । जसलाई तपाईले हेक्का गर्नुभएको खण्डामा केटीसँगको समस्या प्रगाढरुपमा अघि बढ्न सक्छ ।
समयको ख्याल
तपाईं केटीसँगको डेटका लागि वा उनले बोलाएको समयभन्दा केही सयम अघि नै पुग्ने गर्नुस् । यसबाट केटी बढी प्रभावित हुनेछन् । यदी तपाईले केही क्षण मात्र कुराउनु भयो भने पनि तपाई माथि उनी खनिने छिन् । जसले सम्बन्ध सुधारमा समस्या आउन सक्छ ।
केटीलाई महत्व दिनुस्
तपाई गफको क्रममा आफ्नो भन्दा उनको बढी कुरा सुन्नुहोस् । उनको बारेमा चासो राख्नुहोस् । जसले गर्दा उनले आफूलाई वास्ता गरेको महशुस गर्नेछिन् र तपाईलाई सकारात्मक रुपमा लिने छिन् ।
तारिफ गर्नुहोस्
तपाईले केटीको तारिफका लागि केही समय अवश्य खर्च गर्नुहोस् । उनको सुन्दरता या स्वभाव, व्यक्तित्वका बारेमा तारिफ गर्नुहोस् जसले गर्दा उनी मख्ख पर्छिन् र त्यसले गर्दा तपाईको सम्बन्धमा थप सुधार आउने छ ।
आफ्नो व्यक्तित्वलाई ख्याल गर्नुस्
तपाई युवतीका लागि भेट्न जान लाग्दै हुनुहुन्छ भने आफ्नो व्यक्तित्वलाई ख्याल गर्नुहोस्, कपाल काट्नुहोस्, गेटअपलाई ख्याल गर्नुहोस्, पसिना गन्हाउने युवकलाई युवतीले मन पराउँदैनन् ।
चुम्बन
केटीले ध्यान दिने र याद गर्ने महत्वपूर्ण विषय चुम्बन हो । उनको इच्छा विपरित तपाईले जबर्जस्ती चुम्बन नगर्नुहोस्, बरु उनलाई आकर्षित गरेर चुम्बन गर्नुहोस् जो याद गर्न लायक होस् । यसपछि केटीले तपाईको साथ विर्सने छैनन् र तपाईंबाट टाढा जाने छैनन् ।
Views: 0