मायाको ९ जना छोराछोरी थिए । ६ वटा छोरी र ३ वटा छोरा ।

मायाले रामवहादुरलाई अहिले आफ्नो छोरा मान्दिनन् । उनले रामवहादुरलाई अरुले जस्तै गुरु मान्छिन् । उनले कुराकानीका क्रममा पनि मेरो छोरो भनिनन् । सबैको गुरु रामबहादु बमजन भन्छिन् ।

घरमा बुहारी र नातीनीसंग बस्छिन् उनी । छोराहरु विदेशमा छन् । एउटा छोरी पनि विदेशमा छन् । त्यसैले घरमा तीन जना मात्र छन् । अझै दुई छोराछोरीको विवाह गर्न बाँकी छ । विवाह गर्न बाँकी कान्छि छोरी पढ्दै छन् भने छोरा विदेशमा छन् । रामवहादुरले सबैलाई बराबर गर्ने भएकाले अरुलाई भेट्दा पनि आफुलाई पनि भेट्ने गरेको बताइन् । छोरा घर छोडेर हिडेको तीन वर्ष उनी रातभरी सुतिनन् ।

माओवादी जनयुद्ध चलिरहेको थियो । आफ्नै आँखा अगाडी माओवादी शसस्त्र द्धन्द्धमा कति ब्यक्ति मारिएको समेत देखेकी उनी आफ्नो छोरा कहाँ गयो होला भनेर चिन्तित भइन् । ‘तीन वर्ष त मेरो रोएरै बित्यो, उनले भनिन् माओवादी द्धन्द्ध थियो मेरै आँखा अगाडी १० जना मान्छे मरे ।’

घर छोडेर हिडेको तीन वर्ष पछि पहिलो पटक देख्दा घर लिएर आउने भनेर जाँदा छुनै सकिनन् उनले । ‘तानेर घरमै ल्याउँछु भनेर गएको तर छुनै सकिन उनले भनिन्, त्यो बेला नै मैले छुन सकिन अहिले त भगवान जस्तै लाग्छ । उ तपस्याको लागि जंगल गए पछि अहिले घरमा कोही बिरामी भएको छैन ।’

बुवालाई रक्सिले लग्यो, एउटा बहिनी टाउकोको रोगी भएकाले त्यसैले लग्यो तर बमजन जंगल गएपछि भने कोही विरामी भएको छैन । बमजन जन्मिने बेलामा अरु ८ वटा बच्चा जन्मिदा भन्दा धेरै ब्यथा लाग्यो । ब्यथाले छटपटिएको बेलामा उनका श्रीमानले फालेको टर्चले उनको खुट्टामा लागेर झन बढी पीडा भयो । त्यो बेलामा उनले श्रीमानलाई भनिन् मलाई यस्तो पीडा भएको बेलामा चोट लगाइदिने तेरो बच्चा मारिदिन्छु भनेर रोएँ । उनले भनिन् मलाई त्यो बेलामा यस्तो बिचार आयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *