बच्चा नजन्माएको भन्दै जिउँदै जलाउने प्रयास

२०७५ माघ १६, बुधबार १६:१० गते २०७५ माघ १६, बुधबार १६:१० गते २०७५ माघ १६, बुधबार १६:१० गते

भारतको बिहारमा बच्चा नजन्माएको भन्दै एक महिलालाई जिउँदै जलाउने प्रयास गरिएको छ । बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँको यो घटनाले भारतमा तरंग उत्पन्न गरिदिएको छ ।

स्थानीय पत्रिका प्रभात खबरमा उल्लेख भएअनुसार स्थानीय सोन नदीको किनारमा एक महिलामाथि कुटपिट गरी जिउँदै चितामा राखेर जलाउने प्रयास गरिएको थियो ।

स्थानीय एक व्यक्तिको सूचनाका आधारमा ठीक समयमा प्रहरीले ती महिलाको उद्धार गरेको थियो । महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक उनकी दिदीमाथि कुटपिट हुँदै आइरहेको थियो ।

कुटपिटपछि महिला बेहोस भएकी थिइन् । त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको थियो । पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *