पशुपति क्षेत्रमै युवायुवतीले देखाए यस्तो अश्लील हर्कत !

२०७५ माघ १६, बुधबार १८:३४ गते २०७५ माघ १६, बुधबार १८:३४ गते २०७५ माघ १६, बुधबार १८:३४ गते

काठमाडौँ । पवित्र धार्मिकस्थल पशुपति क्षेत्रमा गजेँडी बाबाहरुको बसोबास रही आएको छ ।

केही समय अगाडि त गाँजा सेवन गर्ने युवायुवतीहरु बाबाबाट कारोबार गर्ने तथ्या बाहिरिएका थिए ।

पशुपति क्षेत्र विकास कोषको पहल र महानगरीय प्रहरी परिसरले गजेँडी बाबा र युवायुवतीहरुलाई तह लगाउने अभियान थालेको थियो । केही हदसम्म कारोबार कम भएतापनि लुकीछिपी धन्दा चलिरहेकै सार्वजनिक भएको छ ।

रातीको समय पशुपति क्षेत्रमा शव जलाउने स्थान पारिपट्टी गाँजा सेवन गरेका युवायुवतीकले गरेकोे अश्लिल हर्कत अहिले सामाजिक सञ्जालमा आएको छ । एक क्यामेराले कैद गरेको दृष्यमा प्रष्ट हुन्छ नशामा लठ्ठ परेका युवायुवतीले अश्लिल र छाडा बोलिरहेको देखिन्छन् ।

रातिको समय करिब ८–८ बजेतिरको जस्तो दृष्य कैद गरिएको छ । जहाँ चार जना युवायुवती एकान्त स्थान खोजिरहेको देखिन्छन् । वारीपट्टी शव जलिरहेको छ । बाग्मतीको पारी ती युवायुवतीको हर्कत हेर्दा लज्जास्पद दृष्य देखिन्छ ।

पशुपति क्षेत्रमा सुरक्षार्थ खटिएका प्रहरीको सक्रियता घटेको हो की भन्ने त्यहाँ आवातजावत गर्ने दर्शनार्थीको आँकलन छ । मुलुककै पवित्र स्थानहरुमा हुने यस्ता घटनाले त्यस ठाउँको गरिमालाई असर गर्ने चिन्ता एकातिर छ भने बढ्दै गएको अराजक शैलीले ठूलो रुप लिने अर्को चिन्ता ।

भर्खरैमात्र सार्वजनिक गाडीमा एक युवकले गरेको अश्लिल हर्कतको आरोपीलाई प्रहरीले पत्ता लगाउन सकेको छैन । प्रहरीका मुखैमा देखिने यस्ता घटनाहरुमा प्रहरीको ‘एक्सन’ नै कमजोर भएको हो की ?

हेर्नुहोस भिडियो

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *