आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै मन पर्छ” एलिसा राई

२०७५ माघ १६, बुधबार २२:०० गते २०७५ माघ १६, बुधबार २२:०० गते २०७५ माघ १६, बुधबार २२:०० गते

पछिल्लो समय नेपाली चलचित्र नगरीमा लोकप्रिय नाम हो नायिका तथा मोडेल एलिसा राई।

चलचित्र लुट २ को ठमेल बजारबाट एकाएक चर्चित बन्न पुगेको यि सुन्दरीको छविलाई नाई मलाई थाहा छैन नामक गितले चर्चाको शिखरमा पुर्‍याएको थियो।

सुन्दर तथा चञ्चले स्वभावकी एलिसा राईलाई आज हामीले कस्तो किसिमको पुरुष मन पर्छ भनेर प्रश्न सोधेका थियौ ।

हेरौ उनको जबाफः

हेर्दा साधारण देखिने पुरुष नै मलाई सुन्दर लाग्छ । ज्यान पनि ठिक्कको होस्, न मोटो न पातलो । लुगा लगाउँदा पनि चट्ट मिलेको देखियोस् ।

आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै ह्यान्डसम लाग्छ । पुरुषले नाना थरीका हेयर कलर गरेको चाहिँ मन पर्दैन ।

धेरै झुसे पाराले दाह्रीजुँगा पालेको पनि मन पर्दैन । दाह्री भए पनि अनुहारलाई सुहाउने खालको होस् भन्ने लाग्छ । गोलो अनुहार, गहुँगोरो वर्ण भएको पुरुषलाई म सुन्दर पुरुष मान्दछु ।

चिम्से अथवा ठूला नभई आँखाको आकार ठिक्कको होस् । आँखीभौँ धेरै बाक्लो नहोस् र जोडिएको पनि नहोस् । आँखाको रङ हलुका नहोस् । खैरो, कालो जुन रङ भए पनि गाढा होस् ।

नाक न थेप्चो होस् न चुच्चो ठिक्कको नै राम्रो लाग्छ । पुरुषले धेरै फेसनेबल लुगा लगाएको पनि त्यति मन पर्दैन ।

साधारण सर्ट, प्यान्ट लगाएर हिँड्ने तर हेर्दा जेन्टल देखिने होस् । राम्रो र सफा लुगामा ठाँटिएर हिँड्ने पुरुषमा मेरा आँखा अडिन्छन् । कानमा सानो टप लगाएको पुरुष पनि खूब मन पर्छ । धेरै अग्लो वा होचोभन्दा सामान्य उचाइको पुरुष सुन्दर लाग्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *