साबधान ! बाथरूम छिर्नेबित्तिकै टाउकोमा सीधै पानी पारेर नुहाउनु स्वास्थ्यका लागि हानिकारक

२०७५ माघ १७, बिहीबार ०६:०३ गते २०७५ माघ १७, बिहीबार ०६:०३ गते २०७५ माघ १७, बिहीबार ०६:०३ गते

काठमाडौं — नुहाउँदाखेरी गलत तरिका अपनाएमा स्वास्थ्यमा निकै समस्या हुन सक्छ । खानपिन र शयन जस्तै नुहाउने पनि सही र गलत तरिका हुन्छ ।

सही तरिका नअपनाइएमा नुहाउँदा पक्षाघात हुने वा ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ ।

धेरै मानिस बाथरूममा छिर्नेबित्तिकै सीधै शावरमुनि उभिन्छन् अथवा बाल्टिन र मगले सीध पानी हाल्न थाल्छन् । यो नुहाउनका लागि गलत तरिका हो ।

खासमा हाम्रो शरीरमा रक्तप्रवाह माथिबाट तलतिर हुन्छ । यस्तो हुने हुँदा सीधा टाउकोमा चिसो पानी हालेर नुहाउँदा टाउकोमा भएका रक्तनलीहरू खुम्चिन थाल्छन् वा रगतका चोक्टा जम्न थाल्छन् । त्यसैले नुहाउँदाखेरी टाउकोबाट पानी हाल्न शुरू नगर्नुस् ।

टाउकोमा सीधा पानी हाल्दा टाउको ठण्डा हुन थाल्छ जसले गर्दा मुटुले टाउकोतर्फ बढी गतिमा रगत पठाउनुपर्छ । यसो हुँदा हृदयघात वा नसा फुट्ने समस्या आउँछ ।

नुहाउँदाखेरी शुरूआत गोडाबाट गर्नुस् । पाइतालामाथिको भागमा पानी हालेर प्रारम्भ गर्दै जाँघ, पेट, हात, काँध हुँदै सबभन्दा अन्तिममा टाउकोमा पानी हाल्नुस् ।

यति गरिसकेपछि चाहिँ शावरमुनि उभिएर वा बाल्टिनबाट टाउकोमा पानी खन्याएर नुहाउन सकिन्छ ।

एजेन्सी

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *