अत्याधिक चिसोका कारण अमेरिकामा ७ जनाको मृत्यु, बाहिर निस्कदा धेरै नबोल्न सुझाब

२०७५ माघ १७, बिहीबार १२:४८ गते २०७५ माघ १७, बिहीबार १२:४८ गते २०७५ माघ १७, बिहीबार १२:४८ गते

एजेन्सी-अमेरिकामा चिसोका कारण कम्तीमा ७ जनाको ज्यान गएको छ । बीबीसीले जनाए अनुसार चिसोका कारणअहिलेसम्म कम्तीमा ७ जनाको ज्यान गएको छ ।

‘पोलार भोर्टेक्स’ नामक ध्रुवीय चक्रवातका उनीहरको ज्यान गउको बताइएको छ । विस्कोन्सिन, मिसीगन र एलिनोइसका साथै सामान्यतया गर्मी क्षेत्र मानिने आलाबामा र मिसिसिपीका दक्षिणी भेगमा पनि आपतकालीन अवस्थाको घोषणा गरिएको छ ।

उत्तरी डाकोडाको तापक्रम माइनस ३७ र सिकागोको तापक्रम माइनस ३० डिग्री सेल्सियसमा झरेको छ । सिकागो राज्यका केही ठाउँमा संसारकै सबैभन्दा चिसो मानिने अण्टार्कटिका भन्दा पनि चिसो रहेको बताइएको छ । त्यहाँ रेलमार्गमा आगोले हिउँ पगालेर रेल चलाइएको छ ।

यो हप्ताको अन्त्यसम्ममा अमेरिकाका २ करोड मानिसले माइनस २८ वा त्यो भन्दा कम तापक्रमको महसुस गर्ने अनुमान गरिएको छ ।

सरकारी अधिकारीहरुले सर्वसाधारणलाई बाहिर निस्कदा गहिरो सास नलिन र सकेसम्म कम बोल्न सुझाव दिएका छन् । बिहीबार दिनैभरि नै हिमपात हुने सम्भावना छ । विस्कोन्सिन राज्यमा दुई फिटसम्म बाक्लो हिउँ पर्ने अनुमान गरिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *