समरसेट। इङल्याण्डमा एक आमा आफ्ना ४ वर्षका छोरासँग त्रसित छिन् । ती बालक हेर्दा निकै मायालाग्दा छन् तर उनकी आमाका अनुसार उनीसँग अद्भूत शक्ति छ । यही शक्तिका कारण उनकी आमा आफ्नै छोरासँग डराउँछिन् ।
मेगन बेटी नामकी ती आमाका अनुसार उनका ४ वर्षका छोरा चार्ली मरिसकेका मानिसहरुसँग कुरा गर्छन् । यतिमात्र होइन चार्ली आफ्नो अघिल्लो जन्मका कुराहरु बताउँछन् । यो त्यतिबेला सुरु भयो जब चार्लीले पहिलोपटक बोल्न थाले । बालक चार्ली कसरी पूर्वजन्ममा आफ्नो मृत्यु भयो र कसरी आफ्नो पूर्वजन्मका पिताको मृत्यु भयो भन्ने सबै बताउँछन् । चार्लीका कुराले उनको सकुलका शिक्षक र साथी पनि डराउँछन् ।
मेगन भन्छिन् ‘मेरा छोरा निकै विचित्र कुरा गर्छन् । जतिबेला पनि उनी अघिल्लो जन्मको कुरा गर्छन् । उनी भन्छन् कि पूर्वजन्ममा उनको सास फेर्न नसकेर मृत्यु भएको थियो । पूर्वजन्मका पिताको डुबेर मृत्यु भएको थियो । उनीसँग केही सोध्यो भने बताउँदैनन् अचानक डरलाग्दो कुराहरु गर्छन् ।’
मेगनका अनुसार एकदिन चार्लीको स्कुलबाट फोन आएको थियो । उनकी शिक्षिकाले सोधेकी थिइन् कि चार्लीका पितालाई के भएको थियो ? मेगनले उनी पूरै ठिक भएको बताइन् । शिक्षिकाले भने चार्लीले आफ्ना पिताको डुबेर मृत्यु भएको बताएको सुनाएपछि मेगन डराइन् ।
मेगनले हालै सामाजिक संजालमा एक फोटो शेयर गरेकी छिन् । फोटोमा उनका छोराको माथि अनौठो प्रकाश देखिएको छ । मेगनका अनुसार उनका छोराले अद्भूत शक्ति प्राप्त गरेका छन् जसका कारण उनी मरिसकेका मानिसहरुसँग कुरा गर्न सक्छन् । यो केसमा प्यारानर्मल एक्सपर्ट जुली कक्रफ्टले चासो देखाएकी छिन् । उनले यो निकै चाखलाग्दो केस भएको भन्दै निश्चय पनि बालकको दिमागमा अघिल्लो जिन्दगीका याद कायमै भएको बताइन् । उनले यति कम उमेरका बालकले बिनाकारण यस्ता कुरा नगर्ने बताइन् । जुलीले यो केसमा थप अनुसन्धान गरिरहेकी छिन् ।
Views: 0