एजेन्सी। अमेरिकका केही निजी कम्पनी आम मानिसलाई अन्तरिक्षको अनुभव दिलाउने प्रयासमा जुटेको छ। अमेरिकाको टेक्ससको कम्पनी ओरियन स्पेसले आफूले पहिलो पटक अन्तरिक्षका आलिशान होटल बनाउ गइरहेको दाबी गरेको छ। यो होटल २०२१मा संचालमा आउने दाबी गरिएको छ। यो होटल २०२२ देखि आम मानिसकालागि खुला गरिनेछ।
एक अंग्रेजी संचारमाध्यमका अनुसार यो होटलको नाम Aurora Station राखिने भएको छ। यो होटलमा बस्नेले राम्रै पैसा चुक्ता गर्नुपर्छ। यो होटलमा बस्नकालागि दुई क्रु मेम्बर र चार यात्रीकालागि मात्र ठाउँ हुनेछ। यो होटलको यात्रामा करिव १२ दिनको समय लाग्ने अनुमान छ। कम्पनीको दाबी अनुसार मानिसहरुले अन्तरिक्षका खुल्ने होटलमा जानकालागि वेबसाइटमा बुकिङ सुरु गरिसकेका छन्। कम्पनीको दाबी अनुसार उक्त होटलमा बस्दा २४ घण्टामा करिव १६ पटक सूर्योदय र सूर्यास्त देख्न पाइन्छ।
करिव दुई वर्ष पनि रुसले पनि अन्तरिक्षमा यस्तै होटल बनाउने योजना बनाएको थियो। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार रुसी स्पेस एजेन्सी रोसकासमस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन अर्थात आइएससमा विलाशी होटल बनाउने तयारीमा थियो।
Aurora Station का संस्थापक तथा सीईयो फ्रेंक बंजरले भने–हाम्रो उद्देश्य अन्तरिक्षलाई आम मानिसको पहुँचमा ल्याउनु हो। ओरियन स्प्यानको वेबसाइटका अनुसार यो होटल यात्रामा सहभागी हुन ९.५ मिलियन डलर खर्च हुनेछ। अन्तरिक्ष यात्रामा जान केही नियम र कानुनको विषयमा पनि जानकारी हुनुपर्छ। यही कारण यो स्पेट होटलमा जान यात्रुले दुई वर्षको तालिम लिनुपर्छ।
Views: 0