वैदेशिक रोजगारीमा रहेकाहरुलाई खुशीको खबर, आगामी साउन १ गतेबाट यस्तो हुँदैछ

२०७५ माघ १७, बिहीबार १४:१६ गते २०७५ माघ १७, बिहीबार १४:१६ गते २०७५ माघ १७, बिहीबार १४:१६ गते

वैदेशिक रोजगारीमा रहेकाहरु सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने सकिने भएको छ । बैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा सहयोग हुने विश्वास लिइएको छ ।

योजनामा आबद्ध हुन व्यक्तिहरुले वार्षिक न्युनतम रु २४ हजार देखि अधिकतम् ३ लाखको सीमा भित्र रहेर सहभागी हुन सक्नेछन् ।

    यो पनि पढ्नुहोस्

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागी गराउन सकिने विषयमा अध्ययन गरि प्रतिवेदन बुझाउन गठित एक कार्यदलले आगामी साउन १ गते देखि लागु गर्न सकिने गरि सरकारलाई सुझाव दिएको छ ।

श्रम सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा गठित कार्यदलले श्रम मन्त्रि गोकर्ण विष्टलाई बुझाएको प्रतिवेदनमा बैदेशिक रोजगारमा रहेका ब्यक्तिहरुको सामाजिक सुरक्षाको प्रबन्ध मिलाउन र आन्तरिक पुँजी निर्माणमा सहयोग हुने बताइएको छ । कार्यदलले मंगलबार बुझाएको प्रतिवेदनमा सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा समेटिनेमा पहिलो चरणमा नेपालबाट श्रम स्वीकृति लिई नेपाल सरकारले बैदेशिक रोजगारको लागि खुला गरेको देशमा काम गरिरहेका श्रमिक, दोश्रो चरणमा विदेशमा ब्यापार ब्याबसाय गरिरहेका नेपाली नागरिकहरु र तेश्रो चरणमा गैर आवाशीय नेपालीहरु रहेका छन । योजनामा आबद्ध हुन व्यक्तिहरुले वार्षिक न्युनतम रु २४ हजार देखि अधिकतम् ३ लाखको सीमा भित्र रहेर सहभागी हुन सक्नेछन् ।

प्रतिवेदन बुझ्दै श्रम तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण बिष्टले सबै कानुनी प्रक्रिया मिलाएर आगामी साउन १ गतेबाट कार्यक्रम लागु गर्न सकिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

प्रतिवेदनमा बैदेशिक रोजगारीमा रहेका व्यक्तिका नेपालमा रहेका परिवारले आय आर्जन हुने, स्वरोजगारका ब्यबसाय गर्न चाहेमा अथवा घरायसी काममा समेत प्रयोग गर्न सकिने गरि सापटी योजना बनाउन सकिने सुझाव गरेको छ । कार्यदलले संचयकोषको कार्यक्रम संचालन गर्न कर्मचारी संचयकोषलाई ब्यबस्थापन दिएर काम गर्न सकिने पनि सुझाव दिएको छ ।reportersnepal

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *