श्रीमानले कुट्दा चर्चित हाँस्यकलाकार निरु खड्काको कानको जाली फुटेको छ । उनले विभिन्न मिडियामा आफु घरेलु हिंसामा परेको बताएकी छन् । एउटा कलाकारको जीवन कति पृथक हुन्छ उनले भनेकी छन् आफु पीडामा भए पनि दुनियालाई हंसाउन कम्ती गाह्रो हुंदैन ।
मेरो जीवनमा पनि यस्तै घटना छन् । उनले विभिन्न मिडियामा आफुमाथि परेको पीडाको बारेमा बताए पछि उनको सो कुरा भाइरल भएको छ । उनी अहिले एक बच्चाको आमा बनेकी छन् । बच्चा जन्मिएपछि परिवारवाट उनलाई कलाकारितामा नआउन दवाव आएको छ ।
परिवार र बच्चाको मात्र हेरबिचार गर्ने र कलाकारिता छोड्न दवाव आएपछि उनले प्रतिकार गरिन् । त्यसैले उनको श्रीमानले उनीमाथि हातपात गरेको उनले बताएकी छन् ।
श्रीमानले हातपात गर्दा उनको कानको जाली फुटेको छ । उनी आफ्नो कलाकारिता अगाडी बढाउन चाहन्छिन् । गर्भवती भएपछि उनले केही समयको लागि काम छोडेर बसेकी थिइन् । तर उनी आफु पूर्ण रुपमा स्वस्थ्य भएपछि भने फेरी कलाकारीतामा आउन चाहिन्छन् । जु्न कुरा उनका श्रीमानलाई पचेको छैन ।laaaitnepal
Views: 0