आँचल र पलको प्रेम आखिर पलले नै स्टाटस मार्फत खुलाए, हेर्नुस् भिडियो

२०७५ माघ १७, बिहीबार २१:४९ गते २०७५ माघ १७, बिहीबार २१:४९ गते २०७५ माघ १७, बिहीबार २१:४९ गते

अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा प्रेममा रहेको कुराको चर्चा चलेतापनी यी दुईले आफूहरु ‘बेस्ट फ्रेण्ड’ मात्र रहेको रटान लगाउन छाडेका छैनन् तर हालै पलको एक फेसबुक स्टाटसले भने उनीहरुबीच गहिरो प्रेम रहेको संकेत गर्छ ।

केही दिन अगाडि फिल्म ‘दाल भात तरकारी’ को गीत सार्वजनिक कार्यक्रममा पत्रकार र आँचलबीच ठूलै चर्काचर्की परेको थियो । केही दिन अगाडि ‘दाल भात तरकारी’ टिमले फिल्मको विषयभन्दा बाहेकको मुद्धामा अन्तर्वार्ता दिन आफूलाई निषेध गरेको आँचलले बताएकी थिइन् । तर, यो कुरा सत्य नभएको फिल्मका प्रस्तुतकर्ता किरण केसीले बताएपछि आँचलले पत्रकारसँग माफी नै मागिन् ।

तर, आँचलले पत्रकारसँग माफी माग्दा सबैभन्दा बढी पीडा अभिनेता पल शाहलाई भएको छ । उनले आँचलको पक्ष लिँदै आफ्नो आधिकारिक फेसबुकमार्फत् माफी मगाउँदै र माग्दैमा समस्याको हल नहुने बताएका छन् । कलाकारसँग प्रस्तुत हुन पत्रकारले सिक्न आवश्यक रहेको पनि उनले स्टाटसमा भनेका छन् ।

उनले लेखेका छन्, ‘११/१२ बजेसम्म एयरपोर्टमा इन्टरभ्यूको लागि बस्नु भनेको उहाँहरु आफैंको जागिर थियो । त्यो बुज्न जरुरी छ । कलाकारको लागि हामी रातभरी एयरपोर्टमा बस्यौं भनेर गर्जिनु कति उपयुक्त होला ?’ उनको यस स्टाटसले कलाकारलाई पत्रकार नचाहिने भाव व्यक्त गर्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *