जब कृष्ण ओली फिल्म हलमा ‘रणविर’ हेर्न पुगे, सबै मिडियाको क्यामेरा कलाकारलाई छोडेर उनीतिरै तेर्सिए (भिडियो हेर्नुस्)

२०७५ माघ १७, बिहीबार २२:३२ गते २०७५ माघ १७, बिहीबार २२:३२ गते २०७५ माघ १७, बिहीबार २२:३२ गते

काठमाडौं, १७ माघ । अहिले सामाजिक सञ्जालमा भाइरल भएका कृष्ण ओली जव नेपाली फिल्म रणविर हेर्न फिल्म हलमा पुगे तब त्यहाँको अवस्था सम्हाली नसक्नु भयो ।

दुई खुट्टा र एक हात गुमाएका कृष्ण र उनकी पत्नी बिचको प्रेमका कारण अहिले यो जोडी भाइरल छ । विवाह गरेको केही दिनमा नै हात र खुट्टा गुमाएका किष्णलाई उनकी पत्नीले साथ दिइरहेकी छन् । अहिले उनका लागि देश विदेशवाट सहयोग रकम उठेको छ ।

सामाजिक सञ्जालमा उनका कथा सार्वजनिक भएपछि यो जोडी अहिले भाइरल भएको छ । उनी विहिवार फिल्म हलमा पुग्दा उनका बारेमा सामाजिक सञ्जालमा पढेका र देखेकाहरु निकै उत्सुक देखिन्थे । उनलाई हेर्न निकै ठूलो भिड जम्मा भएको थियो । त्यहाँको माहोल नै निकै बदलिएको थियो ।

सर्वसाधारण मात्र होइन कलाकारहरु पनि उनलाई हेर्न र भेट्न आतुर देखिन्थे । अन्य फिल्मी कलाकार भन्दा पनि बढी मिडियाका क्यामेरा उनीतिर तेर्सिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *