मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesस्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। मिहिनेतले स्थितिमा सकारात्मक परिवर्तन ल्याउनेछ। (नेपाली पात्रो)
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्य-उपचारमा खर्च बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकहरूले केही आशा जगाउनेछन्। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। तापनि सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। (नेपाली पात्रो)
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiमनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्न सक्छ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। केही अप्ठ्यारा परिस्थिति आउनाले सोचेको लाभ नमिल्न सक्छ। निम्तो प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। तापनि मिहिनेतले मौका अवश्यै दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि सामान्य लाभ मिल्नेछ। (नेपाली पात्रो)
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। ईर्ष्या गर्नेहरूलाई पनि मिहिनेतको पाठ सिकाउन सकिनेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ। पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन्। (नेपाली पात्रो)
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoचिताएको काम रोकिनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अस्वस्थताले पनि उद्देश्यमा बाधा पुर्याउन सक्छ। कुनै अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। स्वास्थ्य-चिन्ताले सताउन सक्छ। (नेपाली पात्रो)
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoनिर्णय लिएर पनि काम नगर्ने बानीले पछि परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। महत्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। विश्वासपात्रबाट धोका पाइने समय छ, सजग रहनुहोला। (नेपाली पात्रो)
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraनयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। (नेपाली पात्रो)
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioअरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ। व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला। समयको महत्त्वलाई ख्याल गर्नुहोला, मिहिनेतले काम बन्न सक्छ। (नेपाली पात्रो)
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा विलम्ब भए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। रमाइलो भेटघाटका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरूले साथ दिनेछन्। पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउने समय छ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। (नेपाली पात्रो)
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसमयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ। काममा अनायासै व्यवधान देखा पर्न सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफ्नै कमजोरीले विवाद निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। परिवारजनबाट टाढिनुपर्ने स्थिति आउन सक्छ। प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ। (नेपाली पात्रो)
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusधेरै आम्दानी नभए पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। श्रमको उच्च मूल्यांकन हुनाले आम्दानी पनि बढ्नेछ। व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। लगानीका रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा उठ्नुपर्ने रकम हातलागी हुनेछ। (नेपाली पात्रो)
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesराम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसरसमेत प्राप्त हुनेछ। पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ। सामाजिक काम गर्ने अवसर मिल्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। (नेपाली पात्रो)
Views: 0