सिड्नी, अस्ट्रेलिया । अस्ट्रेलियाको न्यु साउथ वेल्सको वेन्टसबेसिनमा पौडी खेल्ने क्रममा फेरी एक नेपाली विद्यार्थीको ज्यान गएको छ। उनी आठ महिना अगाडि मात्रै सिड्नी आएका थिए।
सिड्नीको चाल्र्स स्टेट युनिभर्सिटीमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका विराटनगरका विश्वास जोशी बेपत्ता भएको केही घण्टापछि उद्धारकर्ताले शव फेला पारेको त्याहाँ रहेका नेपालीहरुले बताएका छन्।
यसअघि पनि अस्ट्रेलियाका विभिन्न ठाउँमा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीहरुको मृत्यु भएको थियो।
यो पनि पढ्नुहोस
अत्यधिक चिसोको कारण ७ को मृत्यु !
काठमाडौँ । अत्यधिक चिसो बढेसँगै अमेरिकाका विभिन्न राज्यमा ७ जनाको ज्यान गएको छ।अमेरिकाको ८५ प्रतिशत भुभागको तापमान शून्य डिग्री भन्दा तल झरेको र हालसम्म ७ जना मानिसको ज्यान गएको अमेरिकी मिडियाहरुले जनाएका छन्।
हिजो बुधबार अमेरिकाको राजधानी वासिङ्टन डिसीको तापक्रम माईनस ६ डिग्री, शिकागोको तापक्रम माईनस २७, न्यूयोर्कको माईनस १३ फरेनहाईटको चिसो हुरी चलेको थियो।
बुधबार अमेरिकामा अहिलेसम्मकै चिसो बढेको बढेको छ । चिसोकै कारण हजारौँ मानिस प्रभावित भएका छन् भने हजारभन्दा बढी उडान रद्द भएको सञ्चारमाध्यमहरुले जनाएका छन्।
Views: 0