स्मार्ट सिटीको उराठलाग्दो बसपार्क यौनकर्मीको अड्डा (भिडियो सहित)

२०७५ माघ १८, शुक्रबार १०:४८ गते २०७५ माघ १८, शुक्रबार १०:४८ गते २०७५ माघ १८, शुक्रबार १०:४८ गते

काठमाडौँ- महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ ।वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी गर्ने भारत गोरखपुरका प्रिति चमार, नितु चमार, पुजा चमार, पिङ्की चमार र सोनी चमारलाई आज दिउँसो पक्राउ गरेको हो वृत्तका प्रमुख एवं प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईंले सुस्मिता कँुवरको रु ५२ हजार पाकेटरमारी गरेर बसबाट ओर्लर्न लाग्दा पक्राउ गरीएको बताउनुभयो ।सार्वजनिक सवारीमा धकेलाधकेल गरी पैसा चोरेको अनुसन्धानमा खुलेको छ”,उहाँले भन्नुभयो । पक्राउ परेकालाई चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता गरी कारवाही अघि बढाइने वृत्तले जनाएको छ ।१७ माघ, काठमाडौं । मंगलबार दोलखाबाट काठमाडौंको पुरानो बसपार्कमा झर्नेबित्तिकै पिसाव गन्हाइरहेको ठाउँमै उत्रिएपछि वीरचरण श्रेष्ठले मुख खुम्च्याउँदै भने, ‘यस्तो पनि कहीँ बसपार्क हुन्छ ?’एउटा राजधानीको प्रमुख बसपार्क कस्तो हुुनपर्ला त ? यसमाथि बहस हुन सक्छ ।

वीर अस्पतालमा स्वास्थ्य जाँच गराउन पटक–पटक काठमाडौं आइरहने श्रेष्ठलाई भने स्मार्ट सिटी बन्छ भनिएको राजधानीको मुख्य बसपार्क ‘नर्क’ जस्तै लाग्छ माथि के छ के थाहा, शास्त्रले भन्ने नर्क पृथ्वी मै छ भने यही हो,’ जस्ताले बरिएका भागमुनि जमेको पिसाब र बान्तासहितको हिलो फोहोरलाई देखाउँदै श्रेष्ठले भने काठमाडौंको पुरानो बसपार्क पहिले सैनिक मञ्चको अघि पट्टि थियो । ब्यापारिक ‘काठमाडौं टावर’ बनाउने भन्दै त्यहाँबाट खुला मञ्चमा सारियो ४ वर्ष बित्न लाग्यो । योजनाअनुसार यतिबेला पुरानो बसपार्कमा टावर बनिसकेर त्यसको भुईंतलामा बन्ने बस टर्मिनलभित्र बस पार्क भइसक्नुपथ्र्यो । तर, टावरको काम सुरु भएकै छैन ।योजनाअनुसार टावरको काम नभएपछि खुलामञ्चको अस्थायी बसपार्क भद्रगोल मात्रै भएको छैन, अस्तव्यवस्त र घीनलाग्दो बनेको छ ।

यो बसपार्कबाट शहरका मुख्य गन्तब्यमा चल्ने मात्रै हैन, अरनिको राजमार्ग भएर काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा लगायतका जिल्लामा जाने गाडी पनि छुट्छन् ।तर, बसपार्कमा न्युनतम पूर्वाधार छैनन् । यहाँ यात्रुलाई मात्रै सास्ती छैन, सवारी चालक र ट्राफिक प्रहरी पनि खुलामञ्चको अस्थायी बसपार्कको अव्यवस्थाले हैरान छन् ।पुरानो बसपार्कको व्यवस्थापपनको जिम्मा काठमाडौ महानगरपालिकाको हो । उसको उपस्थिति यहाँ लगभग ‘शून्य’ जस्तै छ ।महानगरपालिकाले यो बसपार्कलाई व्यवस्थापन त गरेन नै, भोटाहिटी क्षेत्रका स्थानीयहरु झनै भद्रगोल बनाइएको आरोप लगाउँछन् ।हाल नगरपालिकाका केही उच्च तहका कर्मचारी र नगर प्रहरीको सेटिङमा बसपार्कभित्र अवैधरुपमा व्यवसाय सञ्चालन गर्न दिइएको आरोप स्थानीयको छ ।हुन पनि बसपार्कको कुनाकानीतिर जाँदा त बान्ता नै आउलाजस्तो अवस्था छ ।थानकोटको बस चढ्न लागेकी स्मृति सिवाकोटी बसपार्क पनि नागढुंगाको बाटोजस्तै भएको टिप्पणी गर्छिन् । साँघुरो ठाउँमा बसपार्क राखेर यात्रुलाई दुःख दिने काम मात्रै गरिएको बताइन् ।‘यहाँ आउँदिन भने पनि सुख छैन, धुँवा–धुलो र फोहोरले कुन दिन बिरामी भएर ढल्नुपर्ने हो,’ उनले चिन्ता ब्यक्त गरिन् ।

हाटबजार कि बसपार्क ?

पुरानो बसपार्कमा अहिले काठमाडौं महानगरपालिकाका नगर प्रहरी छिर्दैनन् । त्यहाँ ठेला, रिक्सा, साइकलमा फलफूल, बदाम, चटपटे बेच्नेहरुको लाइन छ । गाडी चल्ने आधा बाटो उनीहरुले ढाकेर बसेको देखिन्छ । यहाँ गुपचुपरुपमा हाटबजार नै चलाइएको छ ।सीमित बसमात्रै अट्ने सााँघुरो बसपार्कमा ब्यापारीहरुको उपस्थितिले समस्या गराएको रामेछाप छुट्ने बसका चालक रामकृष्ण लामा बताउँछन् ।यात्रुको चाप भइरहने यो साँघुरो पार्कभित्र भूईंमा नाङ्लो पसल थाप्नेहरुको पनि ठूलो संख्या छ, जसका कारण यात्रुलाई हिँड्न पनि समस्या पर्छ बसपार्कभित्र फुटपाथकै जसैगरि निर्वाध यस्ता व्यवसाय चलिरहेका छन् । पैदल यात्रु हिँड्न बनाएको बाट ब्यापारीको ठेलाहरु तेस्र्याएको छ । त्यहाँ पुगेका ब्यापारीका कारण बसपार्कमा यात्रुभन्दा बढी ग्राहकको भिड लाग्न थालिसकेको बस चालक लामा बताउँछन् ।काठमाडौं महानगरले यस्तो अनाधिकृतरुपमा ब्यापार गर्नेहरुलाई कहिलेकाँही लखेट्ने गथ्र्यो । तर, हाल आएर त्यो काम बन्द भएको छ । नगर प्रहरीहरु बसपार्कभित्र छिर्दै नछिर्ने गरेको चालकहरुको गुनासो छ ।

प्रतिक्षालयमा पसल दिएर हप्ता असुली

यसको पनि खास कारण छ, अहिले बसपार्कको रत्नर्पाकको भित्तातर्फको सबै भागमा नगरपालिकाका कर्मचरीले सेटिङमा पसलहरु चलाउन दिएका छन् । भित्तातर्फ यात्रु बस्न टिनको छाना लगाएर बनाइएको प्रतिक्षालयमा अहिले विभिन्न ब्यापारीहरुलाई बस्न दिइएको छ ।यसबापत महानगरपालिकाले भाडा भने उठउँदैन । तर, महानगरका उच्च अधिकारीले नगर प्रहरीसँगको मिलेमतोमा यसबाट ‘हप्ता’ असुली गर्ने गरेका छन् । त्यसरी त्यहाँ बसेका ब्यापारी नै ‘साहेव’ले बस्न दिएको बताउँछन् । उनीहरुलाई ‘को साहेव ?’ भनेर प्रश्न गर्दा नाम भने बताउँदैनन् एक ब्यापारीका अनुसार नगर प्रहरीले माथि बुझाउनुपर्ने भन्दै कहिले हप्तामा त कहिले महिनामा पैसा उठाउने गरेको छ । यो रकम कहाँ पुग्छ भन्ने पत्तो आफूहरुलाई नहुने उनले बताए यसरी बसपार्कभित्रै ब्यापारीसँग अनाधिकृतरुपमा साँठगाँठ गरेर महानगरले व्यवसाय चलाउन दिइरहेको छ । जसका कारण बसपार्कमा यात्रुभन्दा बढी सामान किन्न पुग्नेहरु भेटिन थालेका छन् ।

बसपार्कभित्र घाम चर्किँदा र पानी पर्दा ओत लाग्ने एउटा प्रतिक्षालयसम्म पनि छैन । बस्ने ठाउँ नभए पनि ओत लाग्न मिल्ने गरी बनाइएका टहरो होटल, किराना पसल र कपडा पसलहरु चलिरहेका छन् ।यसका कारण बस कुर्ने यात्रुहरु उभिनुको विकल्प हुन्न । अशक्त, अपांग, वृद्धवृद्धा, बालबालिका र बिरामीहरु जोखिमयुक्तरुपमा भुइँमै बसिरहेको देखिन्छ ।फोहोेरको डंगुरबसपार्कमा खुद्रा ब्यापारीलाई प्रवेश दिएपछि यहाँ ट्राफिक मात्रै अस्तव्यस्त छैन, फोहोरमैला पनि बढेको छ । बसपार्क सफा गर्न महानगरले ध्यान दिएको छैन ।बसपार्कमा जताततै फोहोर डंगुर छन्, त्यसैमाथि व्यवसाय चलिरहेको छ, गाडी गुडिरहेको छ, यात्रु हिँडिरहेका छन् । यहाँ न फालिएका प्लास्टिक टिप्न कोही अघि सर्छ, न फाल्नेमाथि कसैले निगरानी र कारवाही नै गर्छ ।बसपार्कभित्र ठाउँ–ठाउँका ढलजस्तै भएर फोहोर पानी जमेको छ । त्यसमाथि झिंगा भन्किएका छन् । बसपार्क नै गन्हाइरहेको छ । तर, यात्रुलाई यसको बेवास्ता गरेर हिँड्नुको विकल्प छैन ।

धुलोको अखडा

बसपार्कभित्र ठूला–ठूला खाल्डा परेका छन् । जहाँ पानी पर्नासाथै पोखरी बन्छ । घाम लाग्नासाथै धुलो उड्छ ।बसपार्कमा धुलोको समस्या बढ्नुमा सँगै थुपारिएको वीर अस्पतालको निर्माणाधीन कंक्रिट पनि हो । त्यसलाई छोपिएको छैन । शहरको बीचमा रहेको बसपार्कसँगै थुपारिएको गिट्टी बालुवालाई खुलै छाडिएको छ सानो हावा चल्नासाथ त्यसको धुलो उडेर यात्रुमाथि खनिन्छ । बसपार्कभित्र हिलो धुलोको समस्या ब्याप्त भएपछि ट्राफिक प्रहरीलाई उभिएर काम गर्न गाह्रो छ । बसपार्क छिरेदेखि निस्कने बेलासम्म कतै पनि धुलो मुक्त छैन ।ट्राफिक संकेत छैनन्बसपार्कभित्र कतै पनि ट्राफिक लाइनको रेखाङ्कन छैन । लेनहरु छुट्याइएका छैनन् । बसपार्क सिंगो चौरजस्तै छ ।पार्किङ स्लटहरु व्यवस्थित गरिएको छैन । जसलाई जता मन लाग्छ, उतै सवारी रोकिन्छ ।ट्राफिक प्रहरीले रुटअनुसार सवारी पाउने ठाउँ निश्चित गरे पनि बसपार्कको अस्तव्यस्ताले व्यवस्थापनमा चुनौती थपिएको छ ।बसपार्कभित्र निजी सवारीको पार्किङ गरिन्छ । ‘बसपार्कभित्र व्यवसाय चलाउनेलाई पार्किङ गर्न दिनू’ भन्ने नगर प्रहरीको अनुरोधका कारण ट्राफिक प्रहरीले यसलाई हटाउन सकेको छैन ।खुला शौचबसपार्कभित्र व्यवस्थित शौचालयको अभाव छ । एउटा सानो शौचालय त छ, तर निकै फोहोर छ ।त्यसमा यात्रुको चाप अनुसारको प्यान र युरिनरी पनि छैनन् । महिलातर्फ त झन २ वटामात्रै प्यान छन्, जसले गर्दा शौचका लागि महिलाहरुको लाइन लाग्छ, पालो पाइँदैन ।भएको शौचालय प्रयोग नगर्ने यात्रुको प्रवृत्ति पनि यहाँ मौलाएको छ । बसको छेको लगाएर पिसाब गर्ने यात्रु र चालकको संख्या बाक्लै देखिन्छ ।

यौनकर्मीको अड्डा

बसपार्कभित्र नगर प्रहरीको मात्रै हैन, प्रहरीको निगरानी पनि कमजोर छ । यसले गर्दा भीडमा पकेटमारी हुने समस्या पनि पुरानो बसपार्क वरपर मौलाएको छ ।बसपार्कमा आवश्यक बत्तीको व्यवस्था पनि छैन । जसले गर्दा बेलुकीको समयमा बसपार्कमा लुटपाटको डर हुन्छ । यहाँ यौनकर्मी र तिनका ग्राहकले पनि बेलुकी अड्डा जमाउँछन् । बसपार्कमा बेलुकीको समयमा परिवार र साथीभाइसँग हिँड्न अप्ठोरो छ ।साँझमा हातै समाउन आइपुग्ने यौनकर्मीका कारण बसपार्कको प्रतिष्ठा झन बिग्रिएको छ । बसपार्कका यस्ता अनेकन समस्यामा महानगर मूकदर्शक बनिरहेको मात्रै छैन, अझ यसैलाई नै महानगरका अधिकारीले अस्तव्यस्त

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *