ताप्लेजुङ – ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
ताप्लेजुङ सदरमुकाममा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो । जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गरेको भन्दै नेपाल विद्यार्थी संघले सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो ।
सरकारविरुद्ध प्रदर्शनमा उत्रेका उनीहरुले जिल्ला सदरमुकाम फुङलिङको पुरानो बैंक लाइनबाट विरोध जुलुस निकाल्दै विरेन्द्रचोक पुगेपछि चोकमै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको हो ।
सरकारले पछिल्लो समय मुलुकका भएका अपराधिक घटनाहरुको छानबिन गर्न नसकेको र विभिन्न ठाउँमा भएका बलात्कार र हत्याजस्ता जघन्य अपराधमा संलग्न रहेकाहरुलाई कारबाही गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।
Views: 0