काठमाण्डौ । धना परियार जसको अनुहार र पुरै शरिर जलेको छ । उनी तत्कालिन सुदुरपश्चिम क्षेत्रकी महिला हुन् । सुदुरपश्चिममा अहिले पनि महिनावारी हुँदा घर देखि पर बनाइएको झुपडीमा छाउ बार्ने चलन छ । जसलाई छाउपडी भनिन्छ । महिनावारी हुँदा छाउँ गोठमा बसेको बेलामा भएको आगलागीमा परेर उनको यस्तो अवस्था भएको हो । उनको घरवाट छाउगोठमा जान पाँच मिनेटको दुरीमा थियो ।
उनी आफ्नी आमा महिनावारी हुँदा धनालाई पनि लिएर गएकी थिइन् । उनी तीन वर्षकी मात्र थिइन् । उनीसंगै उनको भाई पनि थियो । भाई अझ सानो भएका कारण भाई कपडा भित्र थिए । त्यसैले उनी त्यती धेरै जलेनन् । आमा आफुहरुलाई छाउगोठमा राखेर आफु घाँस काट्न गएकी थिइन् त्यही बेलामा हावा चल्यो । हावाले नजिकै बालिएको आगो उडाएर छाउगोठमा सल्कियो ।
छाउपडीकै कारण आफ्नो यस्तो अवस्था भएकाले महिनावारीका बारेमा नकारात्मक टिप्पणी गर्ने सविता मातालाई उनले चेतावनी दिंदै भनेकी छन् महिनावारी अभिषाप होइन वरदान हो त्यसैले घृणा गर्नु हुँदैन । आमालाई महिनावारी भएका बेलामा छाउगोठमा जानु नपरेको भए अहिले आफ्नो यस्तो अवस्था नहुने बताइन् ।
उनले सामाजिक परम्पराका कारण आफु पनि छाउगोठमा बस्न बाध्य भएको बताइन् । आफु यस्तो अवस्थामा भएका कारण आफ्ना कुरा कसैले नसुन्ने गरेको बताइन् । तर पनि महिनावारी भएको बेलामा छाउगोठमा बस्न मन पर्दैन । उनले समाज, परिवारलाई भन्ने गर्छिन । तर उनका कुरा कसैले मान्दैनन् ।
Views: 0