रहेनन् “सेतो बाघ” का जंगबहादुुर, उपचारको क्रममा निधन

२०७५ माघ १८, शुक्रबार १३:४० गते २०७५ माघ १८, शुक्रबार १३:४० गते २०७५ माघ १८, शुक्रबार १३:४० गते

काठमाण्डौ – चर्चित कलाकार बीएस राणाको निधन भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो ।

चलचित्र ‘बसन्ती’, ‘चिनो’, लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौँ चलचित्रमा अभिनय गरेर चर्चामा रहेका कलाकारको यो दुखद निधनले नेपाली कला क्षेत्र नै स्तब्ध बनेको छ ।

राणा प्रधानमन्त्री पद्मशमशेरका नाती रहेका बीएले भारतको दार्जीलिङमा अध्ययन गरेका हुन् । उनले बेलायत, मुम्बईलगायत ठाउँमा पनि रंगमञ्चमा नाटक खेल्नुभएको थियो । उहाँले केही वर्ष अघि कोर्टमार्शलमा अभिनय गरेका थिए । वरिष्ठ कलाकार राणा पछिल्लो समय अस्वस्थ थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *