एजेन्सी- सर्बियामा एक दम्पतिले छोराले आत्महत्या गरेको वर्ष दिन पुगेकै दिन संयुक्त आत्महत्या गरेका छन्।
समाचारमा जनाइए अनुसार जनवरी २६ को दिन स्थानीय निकोलिक दम्पतिले एक निर्माणाधीन भवनबाट हाम फालेर आत्महत्या गरेका हुन् । गत वर्ष सोहि दिन दम्पतिका छोराले पनि उही तरिका अपनाएर आत्महत्या गरेका थिए ।
५५ वर्षीय ड्रागन निकोलिकले जनवरी २६ को दिन फोन गरेर भवनबाट हाम फाल्न लागेको जानकारी गराएको आफन्तहरु बताउँछन्। यो खबर पाउने बितिकै आफन्तहरुले प्रहरीमा खबर गरेका थिए। तर प्रहरी घटनास्थलमा पुग्दा श्रीमती ५४ वर्षीय भेरोनिका सँगै ड्रागन भवनबाट हाम फालिसकेका थिए।
उक्त दम्पतिले आत्महत्या गरेको भवन नजिकै एक महिला र उनकी छोरी हिउँ खेल्दै थिइन्। एक्कासी दुईजना जमिनमा बजारिएको देखेसँगै उनीहरु त्रशित हुँदै चिच्याए। छोराले आत्महत्या गरेपछि सधै चिन्तित उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
छोराको मृत्यु भएदेखि कालो कपडा मात्र लगाउँदै आएका यो जोडीले छोराको मृत्युलाई भुल्न नसकेपछि संयुक्त आत्महत्याको बाटो रोजेको बताइएको छ ।प्रेमीकासँग सम्वन्ध टुटेको कारण दम्पतिको छोराले गत वर्ष आत्महत्या गरेको बताइएको छ ।
Views: 0