सरकारको बेवास्तापछी डा. केसीले चाले यस्तो कदम !

२०७५ माघ १८, शुक्रबार १७:४८ गते २०७५ माघ १८, शुक्रबार १७:४८ गते २०७५ माघ १८, शुक्रबार १७:४८ गते

काठमाडौं, १८ माघ । अनसन बसेको १४ दिन भइसक्दा पनि उनका माग प्रति सरकारले बेवास्ता गरेपछि डा गोविन्द केसी लाचार भएका छन् ।

उनले शुक्रवार सांझ अनसन तोड्ने संकेत गरेको बताइएको छ । शुक्रवार पूर्वराष्ट्रपति डा. रामवरण यादव अनसनरत डा. गोविन्द केसीलाई भेट्न अस्पताल पुगेका छन् । डा. केसीको स्वास्थ्य अवस्था बुझ्न यादव टिचिङ अस्पताल पुगेका हुन् ।

केसीसँग भेटको क्रममा यादवले अनसन तोड्न आग्रह गरेका छन्। तर उनको सत्याग्रह असल कामको लागि भएको भन्दै यसलाई जारी राख्न आग्रह गरे । यादवको साथमा उनका निकटस्थ र डा. केसीका समर्थक समेत छन् । भेटको क्रममा यादवले डा. केसीको स्वास्थ्य अवस्थाबारे बुझेका छन् । केसी भने राम्ररी संवाद गर्न सक्ने अवस्थामा छैनन् ।

१६ औं अनसनमा रहेका डा. केसीको २४ औं दिनमा डा. यादव भेट्न पुगेका हुन् । अघिल्लो दिन केसीलाई भेट्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठलगायत पुगेका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *