कुवेत। कुवेतमा एक नेपालीको हृदयघातबाट ज्यान गएको छ । कुवेतको यसके कम्पनीमा सवारी चालकको रुपमा कार्यरत चितवनका ४७ वर्षिय जीवन चौधरीको विहिबार बिहान निधन भएको हो । बिहिबार बिहान सामान्य अवस्थामा कम्पनीको काममा हिडेका उनी हृदयघात भई अकस्मात गाडीमै ढलेका थिए । जीवनलाई पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको समस्या रहेको उनका सहकर्मीहरुले बताएका छन।
मृतक जीवन वार्षिक विदा सकेर गत डिसेम्बर ६ तारिख नेपालबाट कुवेत फर्केका थिए । अल्पायुमै उनको निधन भएपछि परिवारमा बज्रपात परेको छ । परिवारको मुख्य सहारा रहेका जीवनको अभावमा परिवारमा पीडा र भविष्यको अन्योलता थपिएको छ । मृतक चौधरीको परिवारमा एक छोरा, एक छोरी र श्रीमती रहेका छन।
घटनाबारेमा कुवेतस्थित नेपाली राजदूूतावासमा जानकारी आईसकेको र आवश्यक कानुनी प्रक्रिया पुरा गरेर क्षतिपूर्ति सहित मृतकको शव नेपाल पठाउन पहल गरिने दूतावास श्रोतले जानकारी दिएको छ।
Views: 0