जब भीष्मले पाँच वाणले पाण्डवहरूलाई मार्न चाहे, पढ्नुहोस महाभारतको रोचक कथा

२०७५ माघ १८, शुक्रबार २१:४३ गते २०७५ माघ १८, शुक्रबार २१:४३ गते २०७५ माघ १८, शुक्रबार २१:४३ गते

काठमाडौं — कौरवका सेना पाण्डवहरूसँग युद्ध हारिरहेको बेलामा दुर्योधन भीष्म पितामहसमक्ष पुगे र ‘तपाईं आफ्नो पूरा शक्ति लगाएर लडिरहनुभएको छैन’ भनी आरोप लगाए ।

यो सुनेपछि भीष्मलाई एकदमै रिस उठ्यो र उनले पाँचवटा सुनौला वाण झिके र केही मन्त्र पढे । मन्त्र पढेपछि उनले तिनै पाँच वाणले पाण्डवहरूलाई भोलि मारिदिने बताए ।

तर दुर्योधनले भीष्म पितामहमाथि विश्वास गरेनन् र वाण आफैं लिएर गए । ‘भोलि बिहान यी वाणहरू फिर्ता गरिदिन्छु’ भने उनले ।

भगवान् श्रीकृष्णले यी वाणहरूका बारेमा थाहा पाएपछि अर्जुनलाई बोलाउनुभयो र दुर्योधनकहाँ गएर पाँच वाण माग्न लगाउनुभयो ।

‘दुर्योधनलाई एकचोटि तिमीले गन्धर्वबाट ज्यान बचाइदिएका थियौ । त्यसको बदलामा केही कुरा माग्नू भनेर दुर्योधनले भन्दा त्यतिखेर केही मागेका थिएनौ । अब गएर त्यही पाँच सुनौलो वाण माग ।’

त्यसपछि अर्जुन दुर्योधनकहाँ पुगे र वाण मागे । आफूले पहिले वचन दिइसकेको हुनाले दुर्योधनले क्षत्रीय धर्म निर्वाह गर्दै वचन पूरा गरे र अर्जुनलाई वाण दिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *