हृदयाघात सम्बन्धी अति आवस्यक जानकारी बुझिराख्नुहोस् ।

२०७५ माघ २०, आईतवार ००:२५ गते २०७५ माघ २०, आईतवार ००:२५ गते २०७५ माघ २०, आईतवार ००:२५ गते
Men in blue shirt having chest pain - heart attack - heartbeat line

काठमाडौँ । डाक्टरहरुका अनुसार मुख्य अस्पतालमा भर्ना गरिएका मुटुरोगीमध्ये ४० प्रतिशत हृदयघातका हुने गरेका छन्। हृदयाघात भएकामध्ये पनि ५० प्रतिशतको घर र बाटोमै मृत्यु हुने गरेको छ। अस्पताल पुगेका मध्ये पनि ३० प्रतिशतको उपचारका क्रममा मृत्यु हुन्छ।

मुटुरोग विशेषज्ञहरुका अनुसार छाती दुख्न थालेको समयलाई हृदयाघातको सुरुवात मान्नुपर्छ । छाती दु:ख्न सुरु भएको १ घन्टाभित्र रगतको थेग्रो जमेर बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा एन्जियोप्लास्टीबाट खोल्न सकिन्छ। मेडिकल भाषामा यसलाई ‘गोल्डेन आवर’ भनिन्छ।

मुटुरोग विशेषज्ञहरुका अनुसार हृदयाघातका कारण बेहोस भएका व्यक्तिलाई १ घन्टाभित्र उपचार सुविधा भएको स्थानमा पुयाइसक्नुपर्ने हुन्।

गोल्डेन आवरमा अस्पताल नपुगेका धेरै मानिसको बाँच्ने सम्भावना कम हुन्छ। यस्तै, केही केहीका हकमा भने बेहोस भएर ढलेको ९० मिनेटसम्म पनि गोल्डेन आवर हुनेगर्छ।

जीवनशैलीसँग सम्बन्धित मुटुरोगमा हृदयाघात, उच्च रक्तचाप आदि पर्छन्। मुटुरोगमध्ये हृदयाघातलाई मानव मृत्युको प्रमुख कारण मानिँदै आएका छ। क्टरहरुका अनुसार मुटु मांसपेशीको डल्लो हो, यसले पम्पको काम गर्छ र शरीरभर रक्तसञ्चालन गराउँछ।

मुटुलाई काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका ३ वटा कोरोनरी रक्तनलीहरुमा प्रवाहित रगतमार्फत ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ। त्यसकारण मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरु स्वस्थ हुनु जरुरी छ।

तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छ । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीहरुमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन विस्तारै कोरोनरी रक्तनली पूरै बन्द हुने सम्भावना बढ्छ।

रक्तनली पूरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पूरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ।

मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षत्रिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ। हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ। हृदयाघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *