गोलभेडाको जुस पिउनाले शरीरलाई के के फाईदाहरु गर्छ जानी राखौँ !

२०७५ माघ २०, आईतवार ००:३४ गते २०७५ माघ २०, आईतवार ००:३४ गते २०७५ माघ २०, आईतवार ००:३४ गते

गोलभेंडाले खानाको स्वाद बढाइदिन्छ र यसमा स्वास्थ्य बढाउने तत्त्व पनि भरपूर हुन्छ। सूप, सलाद र अचारमा गोलभेंडा उपयुक्त हुन्छ अनि यसले छालाको चमक पनि बढाइदिन्छ।

गोलभेंडामा भएको पोटेसियम, भिटामिन सी र लाइकोपिन पर्याप्त मात्रामा हुन्छ र कोलेस्ट्रोल घटाउने तत्त्व पनि हुन्छ । पोषक तत्त्वहरूले भरपूर गोलभेंडाको जुस पिउँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ ।

शारीरिक व्यायाम गरेपछि शरीरको ऊर्जा कम हुन्छ । यस ऊर्जाको कमीलाई हटाउन हामीहरू एनर्जी ड्रिंक लिन्छौं तर हराएको ऊर्जालाई फेरि पाउनका लागि सबभन्दा सजिलो तरिका गोलभेंडाको जुस पिउनु नै हो ।

गोलभेंडामा भएका रसायनले व्यायामपछि मांसपेशी तन्किएर दुखेकोलाई शान्त पार्छन् र रक्तसञ्चारलाई पनि सामान्य बनाउँछन् ।

ग्रीसको जनरल केमिकल स्टेट लेबोरेटोरीले गरेको दुई महिनासम्म १५ खेलाडीमाथि गरेको अनुसन्धानमा नौजनालाई गोलभेंडाको जुस पिउन दिइयो भने बाँकी ६ जनालाई एजर्नी ड्रिंक पिउन दिइयो । अनि व्यायामअघि, व्यायामका बेलामा र व्यायामपछि खेलाडीहरूको शारीरिक गतिविधिमा भएको परिवर्तनको अध्ययन गरियो ।

यो अध्ययनले गोलभेंडाको जुस पिउने खेलाडीको मांसपेशी व्यायामपछि एकदमै छिट्टै सामान्य स्थितिमा आएको अनि एनर्जी ड्रिंक पिउनेको चाहिँ यस्तो नभएको पाए ।

यसको अर्थ, तपाईंले व्यायाम गरेपछि गोलभेंडाको जुस पिउनुभएमा थकान हट्छ र ऊर्जावान् अनुभव गर्नुहुन्छ । गोलभेंडाले स्वास्थ्यमा अन्य पनि धेरै फाइदा गर्छ ।

नोट: माथी उल्लेखित स्वास्थ्यसँग सम्बन्धित जानकारी विभिन्न पत्रपत्रिका, सामाजिक संजाल तथा अनलाइनहरुबाट साभार गरिएको हो। पाठकलाई जानकारी दिने उदेश्यले उक्त जानकारीहरु यहाँ प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिले अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

नयाँ गीत –

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *